२६ माघ, कञ्चन
रुपन्देहीको गैडहवा गाउपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ। निःशुल्क स्वास्थ्य शिविरमा २४१ जना सेवाग्राहीहरुले निःशुल्क स्वास्थ्य गराएका छन भने १६ जनाले रक्तदान गरेका छन।
गैडहवा गाउँपालिका, रोटरी ई क्लव अफ, मेडिकोफ्युजन हाईव्रिड नेपाल र नियमित रक्तदाता संघको संयुक्त आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा हार्डजोर्नी, जनरफिजिसियन, नाक, कान तथा घाँटीको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको गैडहवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेन्द्र चौहानले जानकारी दिनु भयो। यसैगरी रक्त संचार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा १६ जना रक्तदाताहरुले रक्तदान गरेको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले जानकारी दिनु भएको छ।
स्वास्थ्य शिविरमा नाक कान घाटी विशेषज्ञ डा. सुमन पौडेल, अर्थोपेर्डिक विशेषज्ञ डा।.बिजय भण्डारी र जनरल फिजिसियन तथ इन्टर्नल मेडिसिन विशेषज्ञ डा. प्रतिक सापकोटाले सेवाग्राहीहरुको स्वास्थ्य परिक्षण तथा जाँच गर्नुभएको थियो।
कार्यक्रमको शुभारम्भ गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आफ्नो पालिका भित्रका असायहय, अशक्त, जेष्ठ नागरिक तथा आर्थिक रुपमा समेत कमजोर भएकाहरुले सहज रुपमा गाउँमै स्वास्थ्य सेवा लिन पाउन भन्ने उद्धेश्यका साथ बिभिन्न साझेदार संस्थाहरुकसंगको सहकार्यमा स्वास्थ्य शिविर संचलन गरिएको बताउनु भयो। शिविरलाई सकेसम्म बृहत बनाउने प्रयास रहेको भन्दै अध्यक्ष पौडेलले पालिकाका हरेक नागरिकहरुको शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक पक्षमा सवल बनाउन लागि परिरहेको र त्यसका लागि पालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले सबैको सहकार्य, समन्वय र सहयोग समेत आवस्य पर्ने बताउनु भयो।
यसैगरी डा. सुमन पौडेलले मानिसको सबैभन्दा महत्वपुर्ण भाग भनेको नै स्वास्थ्य भएकोले विरामी पर्दामात्र नभई आफु स्वस्थ छु की छैन भन्ने कुरा जान्न पनि समय समयमा स्वास्थ्य जाँच गराउन उत्तम हुने बिचार व्यक्त गर्नुभयो। गैडहवाले पालिकामै बिशेषज्ञहरु समेतको टोलीलाई आमन्त्रण गरेर पालिकावासीको स्वास्थ्य परिक्षण गर्ने गराउने अवसर दिएकोमा धन्यवाद दिदै कुनै पनि स्वास्थ्य जाँच गर्दा आफुलाईै लागेको र समस्या भएको कुरा चिकित्सकसंग खुलेर बताए रोगको सहि पहिचान हुने र उपचार पनि समयै हुने डा. पौडेलले बताउनु भयो।
यस्तै कार्यक्रममा नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका अध्यक्ष अशेष सिलवालले गैडहवाका करिब २५० भन्दा बढी सेवाग्राहीहरुले रक्त संचार सेवा केन्द्र बुटवलबाट निःशुल्क रगत प्राप्त गरेको उल्लेख गर्दै रक्तदान गर्ने अभियान हरेक टोल टोलमा पुर्याउन आवस्यक रहेको बिचार व्यक्त गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्दै गैडहवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष भूवन बहादुर रानाले शारिरीक रुपमा अस्वस्थ तर आर्थिक, शारीरिक, अशक्तता र उमेरका कारण अस्पतालसम्म पुग्न नसकेको गैडहवाका नागरिकहरुलाई प्रत्यक्ष सेवा पुर्याउन संचालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट सेवाग्राहीहरुले अधिक्ततम सेवा लिएर स्वास्थ्य लाभप्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
निःशुल्क औषधी समेत वितरण गरिएको कार्यक्रममा सेवा लिन आउनु भएको सेवाग्राही तथा सेवा दिन आउनु भएका स्वस्थ्यकर्मी, चिकित्सक तथा साझेदार संस्थाहरुलाई स्वागत गर्दै ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर संचालन गर्ने विषय सम्वेदनशिल भएपनि आर्थिक, भौगोलिक र शारीरिक असक्तता भएकोहरुको सेवाका लागि गाउँमा शिविर संचालन गर्नु मानवीय धर्म र अनिवार्य कर्तव्य भएको बिचार व्यक्त गर्नुभयो।
टोल विकास संस्था, आमा समूह, क्लव, जनप्रतिनीधि, नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका पदधिकारीहरु, उपाध्यक्ष भास्कर शाही, सदस्य सुनिल नेपाली, केन्द्रिय सल्लाहकार राजकुमार श्रेष्ठ, महासचिव दीपक अधिकारी तथा सरोकारवालाहरुको सहभागिता रहेको कार्यक्रमको सहजिकरण गैडहवा गाउँपालिकाका नसिङ्ग संयोजक सिता गौतमले गर्नुभएको थियो। कार्यक्रम गैडहवा गाउँपालिका वडा नं. ८ को कार्यलय परिसरमा सम्पन्न भएको हो ।