२८ पुस, कञ्चन
सम्पूर्ण मगरहरु एक हौ, आफ्नो भाषा, संस्कृतिको संर गरौं भन्ने नारा सहित नेपाल मगर संघ, कञ्चन रुपन्देहीले मगरहरूको प्रमुख राष्ट्रिय साँस्कृतिक चार्ड माध्या सकराटी (मगर मिनाम ल्हेस ५०१८) विविध कार्यक्रम सहित मनाएको छ।
मगर मिनाम ल्हेस ५०१८ को अवसरमा संघले कञ्चन १ स्थित दानापुर खेल मैदानमा मगर खाना तथा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरी मगर कला, संस्कृति र भाषाको संरक्षण र सम्बद्र्धनबारे नयाँ पुस्तामा पुस्तान्तरण गर्नु पर्ने कुरालाई सरोकारवालाहरुले जोड दिएका थिए।
नेपाल मगर संघ, वडा कमिटि, कञ्चन १ को व्यबस्थापनमा भएको कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले आफ्नो धर्म, संस्कृति, कला र भाषाका बारेमा नयाँ पुस्तामा हस्तान्तरण गर्न नसके भाषा धर्म, कला संस्कृति र साहित्य हराएर जाने उल्लेख गर्दै जव भाषा साहित्य, कला र संस्कृति लोप भएर जान्छ तव मगर जातीको पहिचान र अस्तित्व समेत सकिने बताउनु भयो।
यस्तै नेपाल आदीवासी जनजाती महासंघ, समन्वय परिषद रुपन्देहीका अध्यक्ष चित्रलाल तुलाचनले कुनै पनि क्षेत्रको बिकास हुन घर परिवार, समुदायलाई सामाजिक, सांस्कृति, राजनैतिक र शैक्षिक रुपमा सशक्तीकरण गराउनु पर्ने कुरामा जोड दिनु भयो। आफ्नो भाषा धर्म, साहित्य, कला र संस्कृतिबारे अपनत्व ग्रहण गर्न उसमा भाषा धर्म, साहित्य, कला र संस्कृति प्रतिको मोह र आवस्यकता खड्किनु पर्ने उल्लेख गर्दै अध्यक्ष तुलाचनले शिक्षा विना कुनै पनि सभ्य समाजको परिकल्पना गर्न नसकिने बताउनु भयो।
नेपाल मगर संघ, कञ्चनका अध्यक्ष कविराज काउचा मगरको अध्यक्ष, वडा कमिटिका अध्यक्ष धन बहादुर भूजेलको स्वागतमा भएको कार्यक्रममा मगर कला संस्कृति झल्किने स्थानीय सोरठी, मारुनी, ठूलो नाच, यानीमाया लगायत मौलिक लोक संस्कृति प्रस्तुत गरिएको थियो।