१६ पुस, कञ्चन
पोखरा उपमहानगरपालिका स्थित होटल ल्याण्डमार्कमा सञ्चालित ३ दिने आदीवासी जनजातीहरुका जलवायु परिवर्तन सम्वन्धी गोष्ठी सम्पन्न सम्पन्न भएको छ। नेपाल आदीवासी जनजाती महासंघको आयोजना संचालित उक्त गोष्ठीमा ६० जना आदीवासी जनजाती अगुवाहरुको सहभागिता रहेको थियो।
जलवायु परिवर्तन र आदीवासी जनजातीहरुको क्षमता अभिबृद्धि गराउने र नेपालमा जि.सि. एफ.बाट संचालन भएका परियोजनाहरुको अद्यावधिक गराउने उद्धेश्यका साथ संचालित गोष्ठीमा डा. सिन्धु ढुङ्गाना, सुखविर यामी, मनोज राई, नवराज पुडासैनी, युवराज गुरागाई, भुकी विक्रम क्षेत्री, सुशिला थापा मगर, दिवस राई, आनन्द थापा र टुङ्गाभद्र राईले प्रशिक्षण दिनु भएको थियो।
नेपाल आदीवासी जनजाती महासंघ, जलवायु परिवर्तन साझेदारी कार्यक्रम अन्तर्गत संचालन गरिएको गोष्ठी संचालनको औचित्यताबारे बताउदै कार्यक्रम निर्देशक टुङ्गाभद्र राईले जलवायु परिवर्तनसंग आदीवासीको सम्बन्ध र जलवायु परिवर्तन पछि आदीवासी जनजाती र विश्वमा पर्ने असर तथा प्रभावबारे जानकारी दिन आवस्यक रहेको उल्लेख गर्नु भयो। जल जमिन र जंगलमा आदीवासीहको अधिकार र संरक्षण तथा जल जमिन र जंगलको विनासबाट आदीवासी जनजातीमा पर्दै गइरहेको असर र त्यसले विश्व जलवायु परिवर्तनमा पारिरहेको असरको न्युनिकरण आदीवासी जनजातीहरुको भुमिकाबारे कार्यक्रम निर्देशक टुङ्गाभद्र राईले उल्लेख गर्नु भएको थियो।
पुस १३, १४ र १५ गते सम्म संचालन भएको उक्त गोष्ठीमा जलवायु परिवर्तनका संकेत, कारण र असरहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय अनुभव, विचार, विमर्श, वातावरण सम्बन्धी ३ महासन्धिहरु, आदिवासी जनजाति जिवनशैली, विश्व दृष्टिकोण, भूमि र जलवायु परिवर्तनको वहु आयाम, जैविक विविधता सबन्धि महासन्धि, आदिवासी जनजातिको खाद्य प्रणाली, संस्कार सस्कृत, सामुहिक पहिचान, सामूहिक सवाल सामुहिक अधिकार र भूमि, समाजिक सांस्कृतिक विकासमा गैर सरकारी निकायका पहल र समाज कल्यण परिषदको सहजिकरण, आदिवासी जनजाति परंपरा, रितीथिति, चाडबाड र तिनका महत्व, आदिवासी जनजाति सम्बन्धी शब्दावलिहरु र यसको दिर्घकालिन असर, जलवाय जन्य हानि र नोक्सानी सम्बन्धी कोष लगायत बिषयमा सहजकर्ताहरुले सहजिकरणात्म प्रशिक्षण दिनु भएको थियो।