कार्तिकको ७ गते गुल्मीको ठूलो लुम्पेकका लागि हामी बाबु छोरा घरबाट हिड्यौँ । सिधै बुटवल नगएर कुञ्जलापुर ज्ञान दाइको लोक ज्ञान ग्यालरीमा पुग्यौं । उहाँसङ्ग क्यामेराका लागि आवस्यक पर्ने माइक र लामो लेन्स लिएर बुटवलतर्फ लाग्यौँ । बहिनी सुमित्रा र बिष्णु भतिजसङ्ग बुटवलमा भेटर सगै जाने योजना थियो । तर एक्लाएक्लै यात्रा तय गर्यौं ।
बुटवलदेखि पाल्पाको डुम्रे स्थित गौडापुलसम्म दायाँ बायाँ रहेका नास्ताका पसल नियाल्दै अघि बढ्यौँ । छोरा ओसिङ्ग चालक र म पछाडि सरर...। पुत्र हुर्कनुको एउटा मजा । गौडापुल पुगेपछि नास्ता खाने बिचार गरियो । पुत्र चालकले मनिषा खाजा घर अगाडि फलामे घोडा रोक्यो । ओसिङ्गले चुकौनीसङ्ग बटुक खायो । मैले भने उसिनेको ४ वटा कुखुराको फुल लिएँ ।
डुम्रेको गौडापुल गुल्मी, स्याङ्गजा, बाग्लुङ्ग, पोखरा, पाल्पाका गाउँबाट बुटवल आउने-जाने यात्री र यात्रुका लागि गज्जवको गौँडा रहेछ। सबैलाई त्यही गौँडा भोक र यात्राको थकान मेटाउने थलो भएको छ । गौँडापुलमा बनेका बटुक, चुकौनी, सेल, उसिनेका अण्डा, समोसा, चटरमटरले सबैको मन लोभ्याउँदै आएको छ ।
कमाई त धेरै हुन्न रे । दिनहुँ पैसा खेलाउन र दैनिक ब्यबहार चलाउन कसैसंग गुहार्नु परेको रहेनछ । बिष्णुकी जीवन संगिनी शिरिषाले धानेकी हुन मनिषा खाजा घर। "साहुनी त उनी हुन । म त पाहुनाले खाएको भाँडा माझ्ने मात्र हो । " शिरिषालाई पुलुक्क हेर्दै बिष्णुले भने। |
छोरा ओसिङ्गले चुकौनी सकुन्जेल मनिषा खाजा घरका सञ्चालक बिष्णु खाम्चा मगरसङ्ग एकै छिन गफिएँ । खाम्चाजी करिब १० वर्षको बिदेश बसाई पछि सदाका लागि गाउँमै बस्नेगरी आएका रहेछन । आफू बिदेश रहँदा समेत बिष्णुका जीवनसंगिनी शिरिषाले त्यही गौडापुलमै खाजा घर चलाउँदै आएकी रहेछिन । बिष्णुले साउदी र कतार गरेर १० वर्ष बिदेशमा बिताएका रहेछन ।
"बिदेशमा गएर काम गर्न सजिलो कि घरमै कुटोकोदालो गर्न ठिक ?" मैले सोधेँ । "एकमुष्ठ पैसाका लागि बिदेश ठिक तर जीवन निर्वाहका लागि गाउँमै राम्रो" बिष्णुले भने । तानसेन नगरपालिका वडा नं. ८ डुम्रे मदनपोखराका बिष्णु खाम्चालाई मनिषा खाजा घरले राम्रै सहयता गरेको रहेछ । कमाई त धेरै हुन्न रे । दिनहुँ पैसा खेलाउन र दैनिक ब्यबहार चलाउन कसैसंग गुहार्नु परेको रहेनछ । बिष्णुकी जीवन संगिनी शिरिषाले धानेकी हुन मनिषा खाजा घर। "साहुनी त उनी हुन । म त पाहुनाले खाएको भाँडा माझ्ने मात्र हो । " शिरिषालाई पुलुक्क हेर्दै बिष्णुले भने।
दुई छोरी एक छोराका बा-आमा हुन बिष्णु र शिरिषा। तिनै जनाले भुँई छोडिसकेछन । "अब यता मर्लान कि उता मर्लान भनेर चिन्ता गर्नु नपरे पनि बा-आमाको मन न हो । उनीहरू जति ठूला भएपनि हामीलाई भने सानै लाग्छ सर" शिरिषाले भनिन। कुरा गर्दै खाजा घरको नियमित काम पनि चल्दै थियो । कति फरासिला दुबैजना।
बिहान ५ बजे उठेर गौडापुलमा आउँछन । राती १०/११ बजे खाजाघरका सबै झिटीझाम्टा बोकेर घर पुग्छन् । यही नै दम्पत्तीका सधैको रहनी रहेछ । उमेरको २२/२३ वर्षदेखि बिदेश जाने र आउने गर्दै आएका बिष्णु अहिले गौडापुलमा आफ्नै परिवारसङ्ग खाजाघरको गौंडा थापेर बस्दै आएको पनि १० वर्ष कटेछ ।
"जाँगर गरे त गाउँमै पनि त राम्रै कमाई हुँदोरहेछ है" मैले भने । "हुन त हो । सीप र जाँगर भएर के गर्नु ? यहाँको कामको कुनै टुङ्गो छैन । हाम्रोमा बिकास र रोजगार चुनावमा मात्र आउँछ । चुनाव सकिएपछि, न त जित्ने, न त हार्ने कसैको अनुहार देख्न पाइदैन । अनि के को बिकास ? के को रोजगार ?" एकै सासमा शिरिषाले गुनासो पोखिन । |
तिनै जना सन्तानले १२ कक्षाको पढाई पुरा गरिसकेका रहेछन। गाउँमा आजभोलि पहिलेजस्तो खेती हुन्न रे । "लगाएको खेतीजति सबै बाँदरले खाइदिएर स्याहार्न पाइन्न" शिरिषाले आएका पाहुनलाई कटौरामा चुकौनी राख्दै भनिन। खाजा घर चलाउन लागेपछि साहु ढाँट्न, छोराछोरीको स्कुल फि तिर्न, अनि अलिअलि दैनिक बचत गर्न पुग्दो रहेछ। "एकमुष्ठ पैसा समाउन त बिदेशै नगइ हुदैन" बिष्णुले भने। "दिनहुँ अलि अलि गरेर जम्मा गरेको पैसा बैंकबाट एकैचोटी निकाल्दा त धेरै होला नी होइन र ?" मैले प्रश्न गरें। "हुन त हो हो सर त्यस्तो पैसा त बिदेशको भन्दा पनि धेरै हुन्छ। दिनमा १००/२०० रुपैया जम्मा गरेको थाहै नहुने तर धेरै समय थोरै थोरै जम्मा गर्दा त धेरै हुने रहेछ । बिदेशको पैसा पनि त यस्तै त होला नि सर" शिरिषाले भनिन।
"आफ्नै हातले बनाएका बटुक, उसिनेको अण्डा, चुकौनी, सेल, चना मटर, काक्रा बेचेर खान लाउन पुगेको छ । श्रीमान, छोरा छोरीसङ्ग बसेर आपसमा सुख दुःख साटफेर गर्न पाइएको छ । यो पनि भाग्यकै कुरा रहेछ" फेरी शिरिषा थपिन। "अँ त्यो पनि हो" मैले भने। दिनमा यति भयो भनेर हिसाव त हुँदैन । दैनिकी बचत सचत गर्दा सबै खर्च कटाएर तीनदेखि चार हजारसम्म कमाई हुने रहेछ ।
"जाँगर गरे त गाउँमै पनि त राम्रै कमाई हुँदोरहेछ है" मैले भने । "हुन त हो । सीप र जाँगर भएर के गर्नु ? यहाँको कामको कुनै टुङ्गो छैन । हाम्रोमा बिकास र रोजगार चुनावमा मात्र आउँछ । चुनाव सकिएपछि, न त जित्ने, न त हार्ने कसैको अनुहार देख्न पाइदैन । अनि के को बिकास ? के को रोजगार ?" एकै सासमा शिरिषाले गुनासो पोखिन ।
गफिदै गर्दा पाहुना आउने जाने क्रम जारी नै थियो । त्यतिञ्जेलसम्म सहयात्री ओसिङ्गले चुकौनी खाइसकेको थियो । हामीले खाएको बटुक, चुकौनी र अण्डाको पैसा तिरेर बिष्णु दम्पत्तीका रहर लाग्दा कुराकानी र पाहुनाको स्वागतमा व्यस्ततालाई गौडामै छाडेर ओसिङ्गले गन्तव्यतर्फ फलामे घोडा सोझ्यायो ।
"यस्तै हो सर हाम्रो त, राम्ररी कुराकानी गर्न नि पाइदैन। फेरी आउँदै गर्नु होला" बिष्णुले बिदाईको हात हल्लाए । छोटो समयमा जोडेको यो साइनो त्यही छोडियो । जाँगरिला जहानको सम्झना भने मनैमा रहिगयो ।