रुषा थापा
एक दशकअघि सरकारी तथा निजी बैंकमा सेवाग्राहीको चाप थेगिनसक्नु हुन्थ्यो । बचत झिक्ने र निकाल्नेको दिनहुँजस्तो भीड लाग्थ्यो । भीड नियन्त्रण गर्न बैंकहरुलाई हम्मेहम्मे पर्देथ्यो । बैंकमा सेवाग्राहीको बढ्दो भीडपछि सरकारले टोकन सिस्टम नै लागू गर्नुपर्यो । सरकारी तथा निजी दुवै बैंकमा अनिवार्य टोकन सिस्टम प्रणाली लागू गराइयो ।
चार वर्षअघिसम्म बैंकहरुमा बचत राख्ने र झिक्नेको भीडभाड देखिन्थ्यो । तर, अहिले बैंकमा कर्मचारीबाहेक कोही हुदैँनन् । बैंक सुनसान देखिन्छ । घाटामा गएपछि विभिन्न बैंकले आफ्ना देशभर रहेका सात सयबढी बैंकिङरहित शाखा बन्द गरिसकेका छन् । पछिल्ला केही वर्षयता बैंकमा बचतकर्ता र ऋणी दुवैको संख्या घट्दै गएको छ ।
अहिले बैंकमा बचत राख्ने र कर्जा लिने ह्वात्तै घटेका छन् । कर्जा तिर्न नसकेपछि ऋणीहरुले धितो नै बैंकलाई जिम्मा लगाइदिएका छन् । बैंकले राखेको धितोको मूल्य घट्दै गएको छ तर कर्जाको साँवाब्याज बढ्दो छ । बैंकमा तनावमा आइसकेका छन् । उनीहरुले थाहा पाइसके कि हामी छिट्टै डुब्र्दछौं । डुब्न पनि त किन नडुबोस् ।
हिजो पैसा हुनुञ्जेल मोजमस्ती जो गरेका थिए । बैंकले कृषक, व्यापारी, उद्योगीलाई कर्जा प्रवाह गरेन । आफ्नै देशमा केही गर्छु भन्नेहरुलाई बैंकले कर्जा नै पत्याएन । जसका कारण उनीहरु विदेशिन बाध्य भए । यद्यपि, बैंकले दुर्गा प्रसाई, मीनबहादुर गुरुङजस्ता व्यक्तिलाई भने अर्बौ कर्जा प्रवाह गरेको छ । प्रसाईले कमसल धितो राखेर बैंकबाट झण्डै ११ अर्ब ऋण लिएको बताइन्छ ।
यता, भाटभटेनी साहु गुरुङले पनि २८ वटा आफ्नो भाटभटेनी धितो राखेर बैंकबाट खर्बौ रकम लिएका छन् । यो त एउटा उदाहरण मात्र हो । यस्ता थुप्रा ठुला व्यापारी तथा पह्ुँच भएकाहरुले कमसल धितो राखेर बैंकबाट करोडदेखि खर्बसम्म कर्जा लिएका छन् । यद्यपि, उनीहरुले बैंकको साँवाब्याज वर्षौदेखि नतिरेको बुझिएको छ ।
बैंकबाट ऋण लिनेमा सानातिना व्यापारी पनि छन् । उनीहरुले पनि आफ्नो व्यापार व्यवसाय सञ्चालनका लागि बैंकबाट ऋण लिए । तर, बजारमा आएको मन्दीका कारण व्यापार व्यवसाय नचलेपछि उनीहरु संकटमा परेका छन् । अहिले बैंकले ऋण कसरी तिर्ने ? भनेर उनीहरुलाई दिनरात चिन्ता लाग्छ ।
अधिकांशले त धितो नै बैंकको नाममा नामसारी गरिदिने योजना बनाएका छन् । डण्डी, सिमेन्टी, इट्टा उद्योगहरु पनि घाटामा गएका छन् । किनकि अहिले जग्ग किनेर घर बनाउने कोही छैन । घरजग्ग कारोबार ठप्पै भएको छ । मानिसहरु घरजग्गामा लगानी गर्नुतर्फ भन्दा पनि पैसा लुकाउन आकर्षित भएका छन् । बिग मार्ट, सुपर मार्केट, भाटभटेनीमा पनि व्यापार छैन । म्याद गुज्रिएका, कुहिएका, गुणस्तरहीन अनि चर्को मूल्य भएपछि यी ठाउँमा सामान किनमेल गर्न सर्वसाधारण जाँदैनन् ।
अमेरिकाको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्प विजय भएसँगै बजारमा सुनको मूल्य ह्वात्र्त घट्न थालेको छ । सुनको मूल्य झन् बढ्ने बताइन्छ । यसले दलालीको लहैलहैमा लागेर महँगोमा सुन किनेका सर्वसाधारण नराम्ररी डुब्ने देखिएको छ । काठमाडौं उपत्यकासहित देशभर घरहरु खाली हुदैँ गएका छन् । जताततै कोठा, सटर, फ्ल्याट खाली पाइन्छन् ।
घर खाली हुन थालेपछि घरधनीहरु चिन्तित भएका छन् । उनीहरुको रातको निन्दा नै उडेको छ । दशैं, तिहार र छठ मान्न आफ्नो गाउँघर गएका अधिकांश नफर्किने कुरा सुनिएको छ । किनकि उनीहरुले महिनौंदेखिको भाडा तिरेका छैनन् । फेरि रोजगारी पनि छैन । त्यसैले, घरधनीलाई कोठाको सामान राख्न भनी उनीहरु आफु नफर्किने जानकारी गराइरहेका छन् ।
सहकारी, लघुवित्त र फाइनान्समा बचत गरेका करोडौं जनताको त पैसा डुबिहाल्यो । उनीहरु सुकुम्बासी अवस्थामा पुगेका छन् । करोडपतिबाट एकाएक सडकछाप अवस्थामा पुगेका छन् । अहिले बजारमा एउटै कुरा सुनिन्छ, ‘व्यापार नभएर डुबियो । अब ऋण कसरी तिर्ने !’ नेपालमा व्यापार गर्नेमा धेरै मारवाडी रहेका छन् । उनीहरुले सहकारी, लघुवित्त र फाइनान्समा बचत गरेका थिए ।
तर, यी वित्तिय संस्था भाग्नासाथ उनीहरु सतर्क भएका छन् । उनीहरुले दशैं–तिहारमा व्यापार गरी आम्दानी गरेको रकम यहाँका बैंकमा जम्मा नगरी आफ्नै देश पठाएको सुनिन्छ । अहिले बैंक भन्छ, ‘तरलता थुप्रियो ।’ यदि बैंकमा तरलता थुप्रिएको भए किन कर्जा लिने शून्य छन् । बजारमा मानिसहरु भन्छन्, ‘बैंकले पैसा थुप्रिएको भनेर नौटंकी गरेको हो । पैसा थुप्रिएको भए त कर्जा माग्न जाँदा दिनुपर्ने हो । तर, बैंक दिदैँन ।’
तरलता अभाव भएको थाहा हुनासाथ बचतकर्ताहरुले रकम निक्षेप झिक्ने हुँदा बैंकले यस्तो नाटक गरेको अधिकांशको भनाइ छ । आजकल उपत्यकाभित्रसहित बाहिरी जिल्लामा मालपोत र यातायात कार्यालय सुनसान भेटिन्छन् । कुनै बेला सेवाग्राहीको चापले थेगिनसक्नु यी कार्यालयमा अचेल एक जना पनि भेट्न गाह्रो पर्छ । कार्यालयमा कर्मचारीबाहेक कोही हुद्रैँनन् ।
सेवाग्राही नआएपछि कर्मचारीहरु दिनभर गफ हाँकेर बस्छन् । बजारमा घरजग्ग, गाडी बेच्न चाहने यत्तिकै रहेका छन् । तर, किन्ने एक जना पनि पाइदैँन । सेयरमा लगानी गर्ने ६५ लाख सर्वसाधारणको पनि बिजोग भएको छ । हुन त सेयर जुवा हो । एक जनाले कमाउने र अर्केले आफ्नो घरखेत सिध्याउने ।
तर, सरकार आफैंले यस्तो कार्य गर्न लाइसेन्स दिएपछि के गर्नु ? राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी बैंक डुबेको छैन भन्छन् । अनि बैंक नडुबेको भए किन कर्जा प्रवाह गरिएन ? बैंकको लगानी जोखिमपूर्ण क्षेत्रमा रहेको छ । घुसको आडमा बैंकले धितो नै नहेरी आँखा चिम्लेर ऋण प्रवाह गर्यो । जसका कारण बैंक डुब्ने अवस्थामा पुगेको हो ।
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा बैंकहरुको झण्डै चार अर्ब लगानी रहेको छ । अहिले सरकारले त्यो जग्गा आफ्नो नाममा ल्याएसँगै बैंक चुलुम्मै भएको छ । बासबारीस्थित छाला जुत्ता कारखानाको जग्गा धितो राखेर बैंकले ३५ करोड ऋण दिएको थियो । त्यो जग्गा पनि सरकारले आफ्नो नाममा ल्याएपछि बैंक संकटमा परेको हो ।
सरकारी÷सार्वजनिक तथा गुठीका जग्गा धितो राखेर बैंकहरुले अर्बौ रकम कर्जास्वरुप प्रवाह गरेका छन् । तर, सरकारले त्यस्ता जग्गा पुनः आफ्नै स्वामित्वमा ल्याउने निर्णय गरेपछि बैंक डुब्नृ अवस्थामा पुगेको छ । यतिमात्र नभई खोला, नदी वरपर संरचना बनाउँदा अनिवार्य ४० मिटर छोड्नुपर्ने सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
अहिले उपत्यकामा नदी, खोला आसपास लाखौं घर बनेका छन्, त्यो पनि मापदण्डविपरीत । फेरि त्यस्ता घरहरुमा बैंकको प्रशस्त लगानी रहेको छ । त्यसैले, अब बैंकले यहाँ गरेको लगानी पनि डुब्ने देखिएको छ । बैंकले जुनसुकै क्षेत्रमा गरेको लगानी पनि संकटमा परेको छ । बैंकले लिलाम गरेको धितो समेत किन्ने कोही छैन । जसका कारण बैंक टाट पल्टिने अवस्थामा पुगिसक्यो । तर, सरकार अझै पनि जनतालाई ढाँटिरहेको छ ।
बैंक डुब्दैन भनेर सरकारी निकायहरु दाबी गर्छन् । अनि डुबेपश्चात् हामीले बचत गर्नुस् भनेका थियौं र भनेर जवाफ फर्काउन्छन् । हिजो सरकारकै कारण सहकारीमा करोडौं बचतकर्ताको खर्बौ रकम डुब्यो । अब फेरि सोही घटना नदोहोरियोस् । बेलैमा सर्वसाधारण सचेत भई आफ्नो रकमको आफैं सुरक्षा गरुन ।
भक्तपुर