-भैरव रिसाल
सहिदहरूको सम्मान मीठा शब्दावली प्रयोग गरेर टार्ने काम भइरहेको छ । सम्मान पाउन हाम्रा देशभक्त सपूतहरू सहिद भएका पक्कै होइनन् । शोषणको अन्त होस्, दासत्व निर्मूल होस्, अन्याय, अत्याचार, उत्पीडनबाट काम गरिखाने जनता यथार्थमा नै मुक्त भएको, स्वाभिमानी भएको, आर्थिकरूपमा आफ्नै खुट्टामा द¥होसँग उभिएको, छोराछोरी, नाति–नातिनीको स्वास्थ्य, शिक्षा, रोजगारी उत्तम खालको पाएको समाज खडा गराउन आफ्नो अमूल्य जीवन युवा अवस्थामा नै उत्सर्ग गरेका थिए भन्ने लाग्छ । तर, ती अमर सहिदहरूको जीवन उत्सर्गको प्रतिफल जनताले त पाएनन् पाएनन् स्वयम् सहिद परिवार र सन्तानले पनि पाएनन् । कैयौँ अमर सहिदका परिवार पनि आज उपेक्षित छन्, बेवास्तामा छन् । वर्षको एकपल्ट एउटा माला पाउँछन् । औतार औतारका थुप्रै थुप्रै प्रायः बिटुला मान्छे जम्मा हुन्छन् र बनावटी कुरा भट्याउँछन् । ती औपचारिक र श्रृङ्गारिक भनाइ सुन्ने मान्छेहरू त पत्याउँदैनन् तर आश्चर्य ¤ भन्ने मान्छे पनि पत्याउँदैन । यसरी पदासीन व्यक्तिहरू जसरी छारो उडाउँछन् सहिदहरूको जो सहिदहरूकलाई नै पथ्य र पाच्य हुँदैन । यस्ताखाले सम्मानभित्र वस्तुतः अपमान अन्तर्निहित हुन्छ । श्रद्धा नभएको श्रद्धाञ्जलीको के तात्पर्य ¤ फूल, फूलको गुच्छा र माला अर्कैले लगेको हुन्छ । ती माला र फूलका गुच्छा किन्दा पनि कति प्रतिशत तल–माथि भएको टिप्पणी सुनिन्छ । यो कुरा पत्याउने कि नपत्याउने ? प्रश्न उपस्थित हुन्छ । यस्ता कृत्रिम सम्मानभन्दा व्यवहारबाटै सम्मान गर्न सकिँदैन ? भन्ने जिज्ञासा ? हामी जसले जे जे गर्नसक्छौँ व्यवहारमै सम्मान गरौँ न ¤ कसो कि गफमात्रै !
ह्वास्स गन्ध आउने रसायन
व्यवहारमै सम्मान भनेको के ? भन्ने प्रश्न हुनसक्छ र हुनु पनि पर्छ । देशवासी नागरिकहरूका लागि राजनीतिक स्वतन्त्रता, व्यक्तित्व विकासमा समान मौका, युवाहरूका लागि रोजगारी, स्वास्थ्य उपचारका लागि निःशुल्क व्यवस्था, त्यस्तै निःशुल्क शिक्षा, रोजगारीको उपयुक्त पारिश्रमिक, महिलाहरूको सम्मान र मर्यादा, समान कामको समान ज्याला, काम गर्न अशक्त अवस्थामा भएकाको उपचार र सहायकको सेवा यस्तै त हुन् सहिदका सपना । अहिले त आयोजक संस्थाले बजारमा किनेको माला चढायो प्रणाम, नमस्कार वा लालसलाम के के ग¥यो सहिदप्रतिको सम्मान र दायित्व पूरा भयो । जताततै सजधज, केही छिनपछि फूल ओइलाइँदै जान्छ, अमर सहिदका सपना पनि ओइलाउन थाल्छन् । यस्ता काम भइरहेका छन् । यस्ता बोक्रे कामको वास्तवमा कुनै तात्पर्य छैन । आजको दुनियाँ यति खोजीनीति गर्ने भइसक्यो कुन नक्कली कुन सक्कली भन्ने छुट्याउन सक्छ । सरोकारवाला सरकारी मान्छे र जनप्रतिनिधि भन्नेहरू आफूलाई धुरन्धर चलाख र सफल फटाहा भन्ठान्छन् । वस्तुतः परिस्थिति त्योभन्दा निकै अघि बढिसकेको छ । फट्याइँ, बदमासी र बेइमानीमा अचेल प्रकृतिले एउटा रसायन नै सिर्जना गरेको छ जो ह्वास्स गन्ध आउन थालिहाल्छ । तर, त्यो गन्ध बदमासी गर्नेले थाहा पाउँदैन । यसकारण आज फटाहाहरूले फट्याइँ गरेको थाहा भइहाल्छ ।
मान्छे असमञ्जस्यको समष्टि
सहिद त सहिद भइहाले । सहिदहरूका लागि के चाहियो र ? तर, सहिदका सपना पूरा गर्नेतर्फ पूर्ण इमानदारीसाथ लाग्नुपर्नेमा शासनको आसनमा उक्लेपछि त्यो पूरै बिर्सने र आफू र आफ्नाका लागि मात्र केन्द्रित गराउने प्रवृत्तिले राजनीतिप्रति आम मान्छेमा वितृष्णा पो त कायम हुँदै छ । यो सारै बेठीक भएको छ । कसले वा क–कसले बदमासी गरे । त्यो फेहरिस्त खोज्ने हो भने सारै लामो हुन्छ । सहिदको उत्सर्ग र बलिदानलाई हामीले चरम दुरूपयोग ग¥यौँ । वर्षमा एकपल्ट एउटा माला लगाई दिएर टार्ने ग¥र्याैँ । के त्यही एउटा मालाका निम्ति ती महान् सहिदहरूले प्राणोत्सर्ग गरेका हुन् त ? भन्ने प्रश्न उपस्थित भएको छ । हिजोसम्मका तन्नमहरू हाम्रा आदरणीय सहिदहरूको बलिदानको भ¥याङ चढेर यति धेरै अति धेरै कमाए जसको सीमा नै भएन । अनर्थको पनि पराकाष्ठा पो त भयो । राजनीति साहु हुने मार्ग होइन तर नेपालका अपवादबाहेकका नेताहरूले राजनीतिलाई साहु हुन प्रयोग गरे । सहिदका परिवारलाई त बिर्से, बिर्से स्वयं सहिदहरूलाई पनि बिर्सँे । यो भनेको बेइमानीको पराकाष्ठा हो, स्वार्थको सीमा हो । सहिद हुनु सजिलो छैन । लाऊँ लाऊँ खाऊँ खाऊँको उमेरदेखि प्रौढ अवस्थाका देशभक्तहरू पनि सहिद भएका छन् । एउटा भावना हो, एउटा इमोसन हो । भावना आएपछि त्यसलाई कसैले पनि रोक्न सक्दैन । यो वस्तुतथ्य कतिले आत्मसात गर्न सक्छन्, कतिले गर्न सक्दैनन् । व्यक्ति व्यक्तिको चेतनाको मात्रामा भरपर्छ । मान्छे भन्ने प्राणी नै यस्तै असमञ्जस्यको समष्टि हो ।
दस लाख सहिद पनि सहिद ?
राजनीति भाँडिएपछि वा बिथोलिएपछि वा राजनीतिको दुरुपयोग भएपछि अनेकथरी विकृति जन्मछन् । सहिद शब्दको पनि चरम दुरुपयोग भो । हुँदा हुँदा बढी जाँड धोकेर वा बढी रक्सी खाएर बाटोमा नै कुनै नेताको मान्छे म¥यो भने पनि सहिद बनाउन थाल्यो । मिसावटको बिगबिगी भएको आजको युगमा सहिदमा पनि मिसावट हुनलाग्यो । सहिद साँच्चै सक्कली नै हुने भए, श्रद्धेय एवम् सम्मानित हुने नै भए । अर्काथरी दसलाखे सहिद भए । सहिद घोषणा ग¥यो उत्तराधिकारीको नाममा दस लाख रूपैयाँ लियो बाँडचुँड ग¥यो, दिउँसै भट्टीमा जाँड–रक्सी धोक्यो । यी दसलाखे सहिदले गर्दा देश र जनताका निम्ति प्राणोत्सर्ग गर्ने सक्कली सहिदहरूलाई ओझेलमा पारियो । यो निश्चय नै राम्रो काम भएनमात्र होइन नराम्रो काम भयो । अब नक्कली सहिदको जनतासँग के के प्रयोजन ? यस्तो स्थितिको अन्त गर्न सहिदहरूको श्रेणी विभाजन गर्न राम्रो होला सक्कली सहिद, विशिष्ट श्रेणीमा । रू. दसलाखे सहिद श्रेणीविहीनमा । विसं १९९७ सालमा सहिद शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल निर्विवाद सहिद भए । चिनियाँलाल पनि सक्कलीमै परे । २०४६ सालको निर्दलीय निरङ्कुश पञ्चायत शासन उखेल्ने आन्दोलनमा पनि राज्त्र गरी धेरै जनाले प्राणोत्सर्ग गरी सहिद भए । ती पनि वास्तवमा सक्कली सहिद भए जसको उद्देश्य मुलुक सम्पन्न होस्, मुलुकवासी समृद्ध एवं सुखी होऊन् भन्ने थियो । केही टाठाबाठा झिल्के र मिल्केले आन्दोलन नै बिटुलो पार्ने काम गरिरहेका छन् ।
(रिसाल बरिष्ठ पत्रकार हुन)