१९ साउन, कपिलबस्तु/जगी लाल थापा
शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत जीतपुर सब क्लस्टरमा रहेका सात वटा शाखाको आयोजना र सहभागीतामा वाणगंगा नगरपालिका वडा न. २ पिपरा मा रहेको श्री जनता माध्यामिक विद्यालयमा १०० वटा विभिन्न प्रजातिका सौन्दर्य बोटविरुवा लगाउने कार्य सम्पन्न भएको छ।
वृक्षारोपण कार्यक्रममा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक जितपुर सब क्लस्टर प्रमुख/जीतपुर शाखा प्रमुख कृष्ण प्रसाद पान्डे, सालझन्डी शाखा प्रमुख दिपक पौडेल, रुद्रपुर शाखा प्रमुख बाबुराम आचार्य, चन्द्रौटा शाखा प्रमुख प्रकाश शर्मा, गोरुसिङे शाखा प्रमुख सुदीप खनाल, जगदीशपुर शाखा प्रमुख मोहित बि.क. लगायत शाखाहरुका कर्मचारीहरु तथा विद्यालयका तर्फबाट विद्यालयका प्रधानाध्यापक रमेश पन्त, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद पाण्डे, बरिस्ठ सदस्य नेत्र बन्जाडे, नगर शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सि. लगायत विद्यालयका शिक्षक शिक्षिका, र कर्मचारीहरुको उपस्थिति रहेको थियो।
बृक्षारोपण कार्यले बिश्वमा भइरहेको प्रदुषणलाई कम गरी स्वस्थ र हरियाली वातावरण गर्न सहायकसिद्ध हुने शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क जितपुर सब क्लस्टर प्रमुख/जीतपुर शाखा प्रमुख कृष्ण प्रसाद पान्डेले बताए। हरेक बर्ष बिभिन्न संघसंस्थाहरुको साझेदारी संचालन गरिने बृक्षारोपण कार्यक्रमबाट स्वस्थ वातावरण निर्माणमा टेवा पुग्नुका साथै खुल्ला र सार्वजनिक क्षेत्रहरुमा हरियाली क्षेत्रको समेत बृद्धि हुदै जाने जनता माध्यमिक बिद्यालय, वाणगंगा २ पिपरा, कपिलबस्तुका प्रधानाध्यापक रमेश पन्त बताए।
बृक्षारोपण गरिएका बिरुवाहरु संरक्षण संरक्षण र सम्बद्र्धन गर्न सकेमा बृक्षारोपणको अर्थ रहने भएकोले रोपण गरिएका बिरुवाहरुलाई बचाएर हुर्काउने जिम्मेवारी स्थानीयको रहेको चन्द्रौटा शाखा प्रमुख प्रकाश शर्माले जोड दिएका छन।
शाइन हरियाली पर्बद्र्धन अन्तर्गत संचालन गरिएको बृक्षारोपण कार्यक्रमबाट हालसम्म शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले १६००० विरुवा वृक्षारोपण गरिसकेको सो बैंकका सालझण्डी शाखाका शाखा प्रमुख दिपक पौडेलले जानकारी दिएका छन। साथै यस बर्ष बिभिन्न क्षेत्रहरुमा गरी थप १००० वृक्षारोपण गर्ने योजना रहेको सुर्यपुरा शाखा प्रमुख थारुले जानकारी दिए ।