१४ साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले घुम्ती शिविर मार्फत गाउँ गाउँमा पुगी पालिकाबाट सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नविकरण गर्ने कार्यलाई निरन्तरता दिएको छ। आज कञ्चन ४ को दियो टोलमा गरिएको घुम्ति शिविरमा २५० जना लाभग्राहीहरुको सासु भत्ता नविकरण गरिएको छ।
करिब १ हजार १ सय भन्दा बढी लाभग्राही भएको वडा नं. ४ मा बायोमेट्रिक मार्फत गरिएको नविकरणमा करिब १ हजार भन्दा बढीले सेवा लिई नविकरण्ण गर्ने वडा नं. ४ का सचिव चक्रपाणी पौडेलले बताएका छन।
हरेक दिन बिहान ७ बजे देखि सांझ ६ बजे सम्म शिविर संचालन हुने र उक्त शिविरमा बिशेषगरी जेष्ठ, असायह, अपाङ्गता भएका लाभग्राहीहरुलाई नविकरणमा सहजता पुर्याउन शिविर संचालन गरिएको वडा सचिव पौडेलले जानकारी दिए।
सरकारले जेष्ठ, असाहय, एकल महिला तथा अपाङ्गता भएका नागरिकहरुको सामाजिक सुरक्षा गर्न सामाजिक सुरक्षा भत्ताको ब्यबस्था गरिएको र सोही अन्तर्गत आ.व. २०८१/०८२ का लागि सामाजिक सुरक्षा भत्ता लाभग्राहीको नविकरणका लागि राष्ट्रिय परिचयपत्र सहित अनिवार्य बायामेट्रिक अनिवार्यता गरेको छ।
राष्ट्रिय परिचयपत्रका लागि सम्पुर्ण प्रक्रृया पुरा गरेको भएपनि लाभग्राहीहरुले राष्ट्रिय परिचयपत्र प्राप्त नगरिसकेकोले बिशेषगरी जेष्ठ, असाहय र अपाङ्गता भएका लाभग्राहीहरुले राष्ट्रिय परिचयपत्रका लागि पुनः ईलाका प्रशासन भैरहवा जान समस्या रहेको गुनासो ब्यक्त गरेका छन ।
कञ्चनमा करिब ४ हजार ३ सय लाभग्राही रहेको पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले जानकारी दिएका छन।