१२ साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले पालिकाबाट सामाजिक सुरक्षा भत्ता सुविधा लिने जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका ब्यक्तीहरुको नविकरण गर्न टोल टोलमा घुम्ति शिविर संचालन गरेको छ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधी, २०७७ को नियम (४) अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका लाभग्राहीले चालु आ.व.मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सम्बन्धित वडा कार्यालयमा नविकरणको लागि निवेदन दिनुपर्ने व्यवस्था अनुसार लाभग्राहिहरु स्वयं वडा कार्यालयमा उपस्थित भई बायोमेट्रिक प्रमाणीकरण प्रणाली मार्फत नविकरण गर्न पालिकाले टोल टोलमा घुम्ति शिविर संचालन गरेको हो।
श्रावण १ गते देखि भाद्र मसान्तभित्र अनिवार्य रुपले आ आफ्नो सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्न र साथै वालवालिका वा आफै उपस्थित हुन नसक्ने व्यक्तिहरुको हकमा निजको आमा, बाबु, संरक्षक, माथवर वा स्याहार सुसार गर्ने व्यक्तिले समेत निवेदन दिन सक्ने ब्यबस्था छ। सोही अनुरुप कञ्चनले आफ्नो पालिकाका जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका लाभग्राहीहरुको नविकरणमा सहजता प्रदान पञ्जिकरणका कर्मचारी सम्बन्धि वडा सचिव तथा कार्यालय सहायकहरुलाई टोलमै पुगेर नविकरण गर्ने ब्यबस्था गरेको हो।
पालिकामा करिब ४ हजार ३ सय भन्दा बढी सामाजिक सुरक्षा भत्ता सुविधा लिने एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता ब्यक्ती रहेकोमा वडा नं. ५ मा संचालन गरिएको शिविरबाट ६ सय जनाको नविकरण गरिएको कञ्चन गाउँपालिकाका पञ्जिकरण शाखाका सुरेन्द्र पाख्रेलले जानकारी दिएका छन। यस आ.व.मा सामाजिक सुरक्षा भत्ता सेवा लिनका लागि नविकरण्ण गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य भएपछि जेष्ठ नागरिकहरुलाई समस्या ब्यहोर्नु परेको छ।
कञ्चन गाउँपालिकाको वडा नं. ५ मा ७ यस भन्दा बढी सामाजिक सुरक्षा भत्ता लिने लाभग्राही रहेको वडा सचिव चोलाकान्त पाडेले जानकारी दिए। जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका लाभग्राहीहरु वडा कार्यालयमा आउन नसक्ने र उनिहरुको बायोमेट्रिक प्रमाणिकरण गर्नु पर्ने भएकोले घुम्ति शिविरको रुपमा टोल टोलमा पुगेर भत्ता सुविधा नविकरण गरिएको वडा सदस्य इन्दिरा गौतमले बताए।