१२ साउन, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धी परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कञ्चन गाउँपालिकाको शैक्षिक स्तरबृद्धि र शैक्षिकस्तर बृद्धिका लागि शिक्षा क्षेत्रका योजना निर्माणबारे सरोकारवालाहरु बिच छलफल र परियोजना सम्बन्धी जानकारी समेत दिइएको थियो।
कालिका स्वालम्बन सामाजिक केन्द्र, कपिलबस्तको आयोजना, युरोपियन युनियन र युनिसेफको सहयोगमा भएको कार्यक्रममा कालिका स्वालम्बन सामाजिक केन्द्र, कपिलबस्तका कार्यक्रम ब्यबस्थापक हरिचन्द्र चौधरीले शिक्षा क्षेत्र योजना निर्माण गर्दा समावेश गरिनु पर्ने बिषयबस्तु र त्यसका प्रावधानहरुबारे सहजिकरण गरेका थिए।
यस्तै कञ्चन गाउँपालिकाका शिक्षा अधिकृत रमेश भूसालले स्थानीय तह शिक्षा योजना तर्जुमा सम्बन्धी प्रस्तुतिकरण गरेका थिए। अधिकृत भूसालले पालिकाको समृद्धि एवम समतामूलक कञ्चन गुणस्तरीय शिक्षा भन्ने दीर्घकालीन सोंचमा आधारित रहेर प्रतिस्पर्धि। सक्षम। स्वस्थ, सभ्य, सिपमूलक, संस्कारयुक्त नेपाल र नेपाली गौरव गर्ने जनशक्ती तयार गर्ने लक्ष्य ७ उद्धेश्य र ९ रणनीति समेत तयार गरिएको उल्लेख गरेका थिए।
कार्यक्रमको अध्यक्षता गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवारज ढकालले पालिकाले पालिकाको शिक्षा क्षेत्र सुधार योजनाको आधारपत्र तयार गरी शिक्षा समितिका पदाधिकारी सदस्यहरु बिच अध्ययन र सुझाव संकलनका लागि पठाइएको बताएका छन। पालिकाको श्रोत साधन र बिभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोग र सहकार्यले पालिकाबाट तयार भएको योजनालाई कार्यान्वयन गर्दा हुने समस्या र सहजताबारे पनि अध्ययन र अनुगमन निरन्तर हुदै जाने अध्यक्ष ढकालले बताए।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन को शैक्षिक अवस्थाबारे बिशेष अध्ययन भएको सोही अध्यनबाट प्राप्त सुझावका आधारमा १० बर्षे शिक्षा क्षेत्र सुधार योजना तयार भएको उल्लेख गरे। पालिकाको एकल प्रयासले मात्र कुनैपनि क्षेत्रको सुधार र बिकास नहुने उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले सरोकारवालाहरुसंगको सहकार्य, समन्वय र सहयोग आवस्यक पर्ने बताइन।
कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले जे बोलिन्छ त्यो ब्यबहारमा उतार्ने संस्कारको बिकास गर्न नसक्दा शिक्षा क्षेत्र लगायत कुनै पनि क्षेत्रको समानुपातिक बिकास नहुने बताएका थिए। शिक्षा बिना समाजको रुपान्तरण सम्भव नहुने भएकोले कञ्चनको शिक्षालाई राम्रो बनाउन सबैको एक्यबद्धता र योजना कार्यान्वयनलाई बढी प्राथमिकता दिन आवस्यक रहेको वडा अध्यक्ष सापकोटाले बताएका थिए।
यस्तै सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यक्रम निर्देशक गोपाल बहादुर के.सीले शिक्षा क्षेत्रलाई सुधारोन्मुख बनाउन नसकिनुमा किशोर किशारीहरु लागु औषध दुर्ब्यसनी नियन्त्रणलाई शिक्षा क्षेत्र योजनामा समावेश हुनुपर्ने उल्लेख गरे।
कार्यक्रममा (यु. एस. ए. आई. डी)USAID प्रारम्भिक कक्षा सिकाइ कार्यक्रमका राधा अधिकारीले कञ्चनलाई शिक्षा क्षेत्रमा अब्बल बनाउन र समुदायका हरेक पक्षलाई शिक्षा प्रति उत्तरदायी र जिम्मेवार बनाएर बिद्यालय बाहिर रहेका बालबालिकाहरुलाई बिद्यालयको पहुँचमा पुर्याउन सरोकारवालाहरुको बिशेष पहलकदी हुन आवस्यक रहेको बतए।
कञ्चन गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा कालिका स्वालम्बन सामाजिक केन्द्रका सुचेता शाक्यले सहजिकरण गरेका थिए। कार्यक्रममा जनप्रतिनीधि, शिक्षा समितिका पदाधिकारी, बिद्यालय प्रधानाध्यापक तथा प्रतिनीधि, ब्यबस्थापन समितिका प्रतिनीधि र पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो।