२९ असार, कञ्चन
श्री निश्चल कृषि सहकारी संस्था लिमिटेड, कञ्चन ४ अस्नैया रुपन्देहीले एस ई ई परीक्षा २०८० मा उत्तिर्ण हुने संस्थाका शेयर सदस्यहरुका छोरा छोरीहरुलाई सम्मान तथा बधाई कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ।
कार्यक्रममा वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले परीक्षामा सहभागी हुने सबै उत्तिर्ण हुन सक्छन तर उसले उक्त सफलतालाई आफ्नो अभिभावक, समाज र देशको लागि योग्य नागरिक बन्न सक्छ की सक्दैन भन्ने बिषय नै मुख्य हुने उल्लेख गर्नु भएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष खत्रीले बिद्यार्थीहरुलाई सम्मान गर्दै उच्च शिक्षा हासिल गर्नका लागि अझ मेहनत र लगनशिलताको आवस्यक पर्ने भएकोले असल ब्यक्ती र साथीहरुको संगत गर्नु पर्नेमा जोड दिनु भयो।
उस्तै वडा सदस्य तथा कार्यपालिका सदस्य सुशिला थापाले जसले प्रतिस्पर्धामा भाग लिने हिम्मत गर्छ उ नै सफल हुने बताउदै पास र फेल नै सबैठोक नभएको बताउनु भयो।
हामी पढेलेखेका मात्र भएर होइन कि आफुले जानेको र सिकेको बिषयलाई समाज रुपान्तरणको दिशामा लगानी गर्न सकेमात्र शैक्षिक रुपमा अव्वल भएको ब्यक्तीमा समाजले गणना गर्ने कार्यपालिका सदस्य थापाले बताउनु भयो।
कार्यक्रममा स्वागत गर्दै निश्चल साकोसका अध्यक्ष जगी लाल थापाले बिद्यार्थी र अभिभावकहरुको मनोवललाई अझ उच्च बनाउन र उच्च शिक्षा हासिल गर्नमा थप प्रोत्साहन तथा प्रेरणा प्रदान गर्ने कार्यक्रमको उद्धेश्य रहेको बताउनु भयो।
अध्यक्ष थापाले आफ्ना शेयर सदस्यका छोरा छोरीहरुले कहाँ के र कुन बिषय पढ्दै छन र उनिहरुको उज्जवल भविष्य कस्तो शिक्षा पढ्दा सुनिश्चित हुन्छ भन्ने मार्ग देखाइदिनु पनि अभिभावक र हामी समाजका अगुवाहरुको कर्तब्य र जिम्मेवारी भएको बताउनु भयो।
यस्तै कार्यक्रमको अध्यक्षता गर्दै निश्चल साकोसका शिक्षा उपसमितिका संयोजक दीपा सारुले शिक्षाले जिवनको तेश्रो आँखाको रुपमा दृष्टिबोध गराउने भएकोले शिक्षालाई जिवनको महत्वपुर्ण बिषय बस्तुको रुपमा ग्रहण गर्नु पर्नेमा जोड दिनु भयो।
साकोसका शेयर सदस्य, संचालक समितिका पदाधिकारी, लेखा सुपरिबेक्षण समितिका पदाधिकारी, सम्मानित हुने बिद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको कार्यक्रममा शिक्षा उपसमितिका संयोजक दीपा सारुले अध्यक्षता गर्नु भएके थियो भने संचालक समितिका सचिव दुर्गा रानाले कार्यक्रम संचालन गर्नु भएको थियो।