२७ असार, कञ्चन
कञ्चन गाउँपालिकामा कृयाशिल लायन्स क्लव अफ कञ्चन, लेडि लायन्स, कञ्चन र लियो क्लव अफ कञ्चनको आज बिहिबार संयुक्त रुपमा पद हस्तान्तरण भएको छ। बर्ष २०२४/२०२५ का लागि निर्वाचित अध्यक्ष किरन केसी, सुशिला थापा र कृष्ण सापकोटाले पद ग्रहण गरेका हुन।
पद हस्तान्तरण कार्यक्रममा बोल्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले समाज रुपान्तरणका हरेक कार्यहरुमा पालिकाले कञ्चनका हरेक संघसंस्थाहरुसंग सहकार्य गर्दै अगाडी बढिरहेको बताउनु भयो। कञ्चनको बिकासमा सबैसंग सहयोग, सहकार्य र समन्वय गरेर जानु असल र सफल स्थानीय तहको कर्तब्य र जिम्मेवारी भएको अध्यक्ष ढकालले बताउनु भयो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले लायन्स क्लव अफ कञ्चन, लेडि लायन्स र लियो क्लव अफ कञ्चनसंगको सहकार्यले कञ्चनको समृद्धिमा ईट्टा थप्ने कार्य गरेको र यो सहकार्यालाई निरन्तर अगाडी बढाउदै जानु पर्ने बताउनु भयो।
यसैगरी वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले लायन्स क्लव अफ कञ्चन, लेडि लायन्स र लियो क्लव अफ कञ्चनले कञ्चनको स्वास्थ्य, वातावरण, र सामाजिक कृयाकलापमा पुर्याएको योेगदानको स्रहना गर्दै आगामी दिनमा पनि समाजमा सकारात्मक कार्यहरुको निरन्तरताको कामना गर्नु भयो।
यस्तै पुरुषोत्तम प्रधानाङ्गले लायन्स क्लव अन्तराष्ट्रिय संस्था भएपनि स्थानीय रुपमा सकृय अगुवाहरुको नेतृत्वमा स्थानीय तहसंगको सहकार्यमा संचालन गरेका रचनात्मक कार्यहरुको प्रशंसा गर्नु भयो। लायन्स क्लव कस्तो हुने भन्ने कुरा लायन्स क्लव अफ कञ्चन, लेडि लायन्स र लियो क्लव अफ कञ्चनबाट अन्य क्लवहरुले सिक्नु पर्ने बताउनु प्रधानाङ्गले उल्लेख गर्नु भयो। त्यसैगरी अर्जुमान सैंजुले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिदै कञ्चनको स्थानीय तहले लायन्स क्लव आफ कञ्चनसंग सहकार्यगरी यहाँको सामाजिक, सांस्कृति, स्वास्थ्य तथा शैक्षिक क्षेत्रमा संचालन गरेका कार्यहरुले देशभर रहेका लायन्स क्लवहरुले सिको गर्नु पर्नेमा जोड दिनु भयो।
बिना खत्रीले लायन्स क्लव अफ कञ्चन, लेडि लायन्स र लियो क्लवले एक आपसमा सहकार्यगरी कञ्चनमा लायन्सको बिचारलाई फलाउन फुलाउन गरेको कार्यको डिस्ट्रिकस्तरमा समेत मुल्यांकन हुने बताउनु भयो। धेरै महिलाहरु आफ्नै घरधन्दामा ब्यस्त भईरहेको अवस्थामा लेडि लायन्सका सदस्यहरु सामाजिक कार्यमा लिएको नेतृत्व अति नै गौरवान्वित बनाएको खत्रीले उल्लेख गर्नु भयो।
कार्यक्रममा नेकपा एमाले, कञ्चनका अध्यक्ष दिनानाथ आचार्यले लायन्स क्लव मार्फत कञ्चनका युवाहरुलाई सामाजिक कार्यहरुमा संचालन गरेका कार्यहरुले सकारात्मक सन्देश प्रवाह गरिरहेको बताउनु भयो।
लायन्स क्लव आफ, कञ्चनका अध्यक्ष गणेश आचार्य, लेडि लायन्स क्लवका अध्यक्ष रेनुका थापा र लियो क्लव अफ कञ्चनका अध्यक्ष सन्तोष कडेंलको संयुक्त रुपमा अध्यक्षता ग्रहण गर्दै कञ्चनलाई लायन्समय बनाउनमा तिनवटै संस्था सदैव लागिरहने उल्लेख गरेका छन।
लायन्स क्लव अफ कञ्चन बर्ष २०२३/२०२४ का सचिव हेम बहादुर थापाको संचालनमा भएको कार्यक्रममा बर्ष २०२३/२०२४ का अध्यक्ष गणेश आचार्य, लेडि लायन्स कलव आफ कञ्चनका अध्यक्ष रेनुका थापा र लियो क्लव आफ कञ्चनका अध्यक्ष सन्तेष कडेंलले आफ्नो कार्यकालमा सहयोग गर्ने लायन्स, बिभिन्न संघ संस्थाका प्रतिनीधि, निर्वातमान अध्यक्ष तथा जनप्रतिनीधिहरुलाई संयुक्त रुपमा सम्मान गर्नु भएको थियो।
कृष्टल क्राउन पार्टी प्यालेसमा भएको कार्यक्रममा लियो आशिका ज्ञवालीले झण्डाको सम्मान तथा लायन्स पाठ गर्नु भएको थियो।