१५ असार, गैडहवा
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ८ ले वडाको समानुपातिक बिकासका लागि बिभिन्न क्षेत्रबाट योगदान पुर्याउने टोल बिकास संस्थाका पदाधिकारी तथा पुर्व पदाधिकारी, आमा समूहका अध्यक्ष, सामजसेवी, युवा क्लव, बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मन गरेको छ।
धान दिवसको बिशेष अवसर पारेर समाजमा योगदान पुर्याउने बिभिन्न ब्यक्ति तथा महानुभावहरुलाई सम्मान गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले वडाले गरेको सम्मानलाई पालिकाको समुचित बिकास, सभ्य समाज निर्माण र असल सुशासनका लागि अझ थप जिम्मेवार बनाउने बताउनु भयो। जनप्रतिनीधि र कर्मचारी एक्लैले पालिकाको बिकासमा टोल बिकास संस्था, आमा समूह, युवा क्लव, शैक्षिक ब्यक्तित्व,सामाजिक ब्यक्तीत्वहरुको भुमिका रहने कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका पालिका अध्यक्ष पौडेलले बताउनु भयाृे । समाजमा फरक फरक क्षेत्रबाट फरक फरक अनुभव र समन्वयकारी भुमिका निर्वाह गर्ने समाजका अगुवाहरुलाई ८ नं. वडाले गरेको सम्मान स्रहानिय रहेको अध्यक्ष पौडेलले बताउनु भयो।
यस्तै पालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीप्रसाद गौतमले समाज बिकासको गति एकल प्रयास र सोंचले मात्र सम्भव नहुने भएकोले समाजको बिकासका लागि समाजमा बिभिन्न भुमिका रहेका ब्यक्तीहरुको सहकार्य र समन्वयलाई समय समयमा सम्मान र मुल्यांकन गरिनु आवस्यक रहेको बताउनु भयो।
यसैगरी सामाजिक बिकास शाखाका रचना गौतमले जनताको सेवा जनताकै हातबाट हुने र ती हातहरुलाई सबैले साथ दिएर अझ बलियो बनाउन सकियाृ भने गाउँ समाज र वडाको समुचित बिकास हुने बताउनु भयो।
कार्यक्रममा मेलमिलाप समन्वय समितिका संयोजक तथा देविनगर टोल बिकास संस्थाका अध्यक्ष गुनाखर खनालले टोल टोलबाट उत्सर्जन हुने फोहोर ब्यबस्थापनका लागि ब्यबस्थित डम्पिङ्ग साइटको तत्काल ब्यबस्था गर्न आग्रह गर्दै वडाबाट भएको सम्मानले थप उर्जा थपिदिएको बताउनु भयो। यस्तै समाजसेवी मान बहादुर थापाले वडाको समुचित बिकासका लागि भौतिक पुर्वाधार बिकासमा मात्र नभई वडाको शिक्षा, स्वास्थ्य र कृषिमा सिंचाईमा पालिकाको लगानी र त्यसको उचित अनुगमन र नियमन हुनु पर्नेमा जोड दिनु भयो।
कार्यक्रममा वडा अध्यक्ष भुवन बहादुर राना मगरले वडाको बिकास र निकासका लागि टोल बिकास संस्था, आमा समूह, युवा क्लव, समाजका अगुवा, बुद्धिजिवी, शिक्षा प्रेमी लगायतको भुमिका अतुलनिय र मुल्यवान भएको बताउनु भयो। वडा अध्यक्ष रानाले कार्यक्रमको अध्यक्षता गर्दै वडाका टोल बिकास संस्था, आमा समूह, युवा क्लव, तथा समाजका अगुवाहरुको भुमिका टोलको बिकासको भौतिक पुर्वाधारमा मात्र नभई सभ्य समाज तथा असल सुशासन कायम गर्नमा पनि महत्वपुर्ण हुनुपुर्नेमा जोड दिनु भएको थियो।
समाजमा युवा तथा किशोर किशोरीहरुमा देखिएको बिकृति र बिसंगतिको न्युनिकरणका लागि टोल बिकास संस्थाहरुको भुमिकालाई बढाउदै जानु पर्ने र सभ्य वडाको निर्माण र वडामा हुने बिभिन्न बिकास तथा योजना संचालनमा टोल बिकास संस्थाको भुमिकालाई बिशेष मुल्यांकन गरिनु पर्ने वडाको मान्यतालाई मुर्तरुप दिन सम्मान कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष रानाले बताउनु भयो।
वडाको सभाहलमा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव दिपक मरासिनीले गर्नु भएको थियो भने वडा सदस्य ज्ञानु बि.क.ले स्वागत गर्नु भएको थियो। कार्यक्रममा सम्मानित बिभिन्न टोल बिकाससंस्था, आमा समूह, युवा क्लव, समाजका अगुवालाई वडाले असार १५ को अवसरमा दहि चिउरा समेत खुवाइएको थियो।