१० असार, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले समुन्नत कञ्चन, सुखी कञ्चनवासी भन्ने मुख्य नारालाई सार्थक बनाउन उज्यालो कञ्चन कार्यक्रम सहित आगामी वर्षका लागी सोमवार नयाँ बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२का लागी ५७ करोड २१ लाख २० हजार ६ सय ५० रुपैया बराबरको नयाँ बजेट सार्वजनिक गरेको हो।
आगामी बर्षका लागि गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले प्रस्तुत गगर्नु भएको बजेटमा चालु तर्फ ३७ करोड ६७ लाख ९० हजार ६ सय ५० रुपैया र पुँजिगत तर्फ १९ करोड ५३ लाख ३० हजार खर्च हुने अनुमान गरिएको छ ।
बजेटमा चालु आ.व.मा १ करोड ९३ लाख रुपैया आन्तरिक श्रोत जुटाएको कञ्चनले आगामी बर्षका लागि आन्तरिक आम्दानी २ करोड ५० लाख रुपैया प्रक्षेपण गरेको छ। जवकी चालु आ.व.मा १ करोड ७५ लाख रुपैया अनुमान गरेको थियो।
उपाध्यक्ष मौसमी थापा मगरद्वारा प्रस्तुत बजेटमा नेपाल सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदान १२ करोड ८ लाख रुपैया, संघिय राजश्व बाँडफाँड तर्फ ९ करोड २३ लाख रुपैया, घरजग्गा रजिष्ट््रेशन दस्तुर बापत ७५ लाख रुपैया, संघिय समपुरक अनुदान तर्फ ९० लाख रुपैया, संघिय सरकार विशेष अनुदानबाट ३ करोड ५० लाख रुपैया, संघिय सरकार शसर्त अनुदान २१ करोड ५१ लख रुपैया, प्रदेश सरकारबाट प्राप्त वित्तिय समानीकरण अनुदानमा ८२ लाख १७ हजार रुपैया, प्रदेश सरकार राजश्व बाँडफाँड ३९ लाख २० हजार रुपैया, प्रदेश सरकार शसर्त अनुदान १५ लाख रुपैया, प्रदेश सरकार समपुरक अनुदान ७० लाख रुपैया,सडक बोर्ड नेपालबाट ३० लाख रुपैया, चालु आ.व.मा खर्च पश्चात ३ करोड ६७ लाख ५९ हजार रुपैया नगद मौज्दात हुने प्रक्षेपण गरिएको छ ।
उपाध्यक्ष थापा मगरले गाउँपालिकाको आगामी बजेटमा सुकुम्बासी समस्या समाधानका लागी भनेर ५० लाख रुपैया पुनः बजेट विनियोजन गर्नु भएको भने संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ १२ करोड ८५ लाख ९६ हजार रुपैया विनियोजन गर्नु भएको छ । ५० प्रतिशत अनुदानमा पालिकाले सोचेंको, कृषकले रोजेको कृषक प्रोत्साहन कार्यक्रमलाई आगामी बर्षमा पनि निरन्तरता दिदै चालु आ.व.मा कार्यथालनी गर्न नसकेको कोल्ड स्टोर (कोल्ड रुम) लाई आगामी बर्षमा कार्य पुरा गर्नेगरी १० लाख रुपैया विनियोजन भएको छ। यस्तै ५० प्रतिशत अनुदानमा गहुँ तथा मकैको विउ वितरण गर्न १७ लाख ५० हजार रुपैया विनियोजन भएको छ भने उत्पादनमा आधारित हिउँदे तथा बर्षे घाँस खेतीका लागि ८ लाख रुपैया विनियोजन गरिएको छ।
समृद्धिका लागी वन अन्तर्गत ३५ लाख रुपैया, पुर्वाधार विकासका लागी ११ करोड ५६ लाख ८० हजार रुपैया विनियोजन हुँदा सामाजिक विकास तर्फ भने २९ करोड ९८ लाख २१ हजार ६ सय ५० रुपैया विनियोजन भएको छ ।यस्तै उपाध्यक्ष थापा मगरले प्रस्तुत गर्नु भएको बजेटमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम तथा रोजगार प्रबर्द्धनमा ६४ लाख ७७ हजार रुपैया विनियोजन भएको छ।
यसैगरी प्रस्तुत बजेटमा शिक्षा तर्फ गाउँ पालिका मातहत रहेका सामुदायिक बिद्यालयहरु श्री जनज्योति माध्यमिक बिद्यालय,श्रीलुम्बिनी ज्ञान निकेतन माध्यमिक बिद्यालय, श्री ज्ञानोदय आधारभुत बिद्यालय, श्री बालकल्याण आधारभूत बिद्यालय, श्री सरस्वती माध्यमिक बिद्यालय, श्री हिमालय आधारभुत बिद्यालय, श्री भैंसाही माध्यमिक बिद्यालय, श्री दुर्गा माध्यमिक बिद्यालय लगायत बिद्यालयहरुको पुर्वाधार निर्माण, फर्निचर खरिद तथा मर्मत र खेलकुद सामग्री खरिदका लागि आवस्यक बजेट विनियोजन गरिएको उल्लेख छ। यस्तै हरैया बहुमखी क्याम्पसका लागि ३० लाख रुपैया र प्रगती नमुना माध्यमिक बिद्यालयका लागि २० लाख रुपैया विनियोजन भएको छ।
स्वास्थ्य तर्फ घर घरमा स्वाथ्यकर्मी परिचालन कार्यक्रम, जिरो होम डेलिभरी, सुत्केरीसंग उपाध्यक्ष कार्यक्रम लगायत कार्यक्रमका लागि पनि आवस्यक बजेट विनियाृजन भएको उपाध्यक्ष थापा मगरले प्रस्तुत बजेटमा उल्लेख गर्नु भएको छ। यस्तै खानेपानी, कृषि, महिला तथा बालबालिका, धर्म संस्कृति, भौतिक पुर्वाधार लगायत क्षेत्रमा पालिकाले उत्साहजनक बजेट विनियोजन गरिएको उपाध्यक्ष थापा मगरद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ ।
उपाध्यक्ष थापा मगरले बजेट प्रस्तुत गर्नु पुर्व शुन्य समय लिएर वडा नं. ५ का वडा सदस्य तथा गाउँ सभासद बिष्णु थारुले एकै क्षेत्रमा पटक पटक बजेट पर्नुको कारण, छाडा बस्तुभाउको नियन्त्रण र कञ्चन गाउँपालिकाको कार्यपालिका बैठक र गाउँसभाको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नु पर्ने आवाज उठाउनु भएको थियो भने अर्का गाउँ सभासद मिना बि.क.ले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका कबिर ५० प्रतिशत नागरिकहरुको राष्ट्रिय परिचयपत्रमा समस्य आएको त्यसको समाधानका लागि पुनः पालिकामा शिविर संचालन गर्न माग गर्नु भएको थियो।
पालिकाको १६ औं गाउँसभाको दोश्रो बैठकमा वडा नं. ३ का वडा अध्यक्ष टिकाराम सापकोटाले कञ्चन गाउँपालिकाको क्षमता बिकास योजना २०८१/०८२ देखि २०८३/०८४ प्रस्तुत गर्नु भएको थियो । वडा अध्याक्ष सापकोटाद्वारा प्रास्तुत उक्त योजना उपर गाउँसभासद बिष्णु थारुले अध्ययन बिना आफुले अनुमोदन गर्न नसक्ने भन्दै बिपक्षीमत प्रस्तुत गर्नु भएको थियो भने अन्य साभासदहरुले पक्षमा हात उठाउनु भएको थियो।
यस्तै उपाध्यक्ष थापा मगरले प्रस्तुत गर्नु भएको कञ्चन गाउपालिकाको आर्थिक बिधेयक २०८१लाई भने पुर्ण बहुमतले पारित गरेको थियो। उक्त गाउँसभामा गाउँसभासद, कर्मचारी र स्थानीय सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। १६ औं गाउँसभाको तेश्रो बैठक आगामी २०८१ असार १३ गते बिहान ८ बजे बस्नेगरी दोश्रो बैठक सम्पन्न भएको हो।
बजेटको पुर्ण पाठ