३१ जेठ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ४ ले सामाजिक सुरक्षा भत्ता खाने एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका वडावासीहरुलाई सामाजिक सुरक्षा भत्ताको सुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य आवस्यक पर्नेबारे अभिमुखीकरण कार्यक्रम गरेको छ।
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ताको सुविधा लिने सबैलाई राष्ट्रिय परिचयपत्र अनिवार्य लागु गरेपछि वडाका एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकहरुलाई सहजिकरण गर्न टोल टोलमा गएर राष्ट्रिय प।िचयपत्रबारे अभिमुखीकरण कार्यक्रम संचालन गरेको हो।
अभिमुखीकरण कार्यक्रममा वडा अध्यक्ष केशर बहादुर खत्रीले आगामी बर्ष देखि सामाजिक सुरक्षा भत्ताका लागि नविकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य हुने र यदि राष्ट्रिय परिचयपत्र नबनाएको भए बनाउनु पर्ने उल्लेख गर्नु भयो। अव सरकारले उपलब्ध गराउने हरेक सेवा सुविधाका लागि सरकारले बिस्तारै राष्ट्रिय परिचयपत्रलाई अनिवार्यता गर्दै गइरहेको समेत वडा अध्यक्ष खत्रीले बताउनु भयो।
यसैगरी वडा सचिव चक्रपाणी पौडेलले आगामी बर्ष सामाजिक सुरक्षा भत्ता खानका लागि सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण गर्दा राष्ट्यि परिचय पत्र समेत संलग्न गर्नु पर्ने भएकोले सबैले राष्ट्रिय परिचय पत्र बनाउन आग्रह गर्नु भयो। यसभन्दा अघि वडा वडामा बनाएको राष्ट्रिय परिचय पत्र दर्ता भएको वा नभएको भन्नेबारे सुनिश्चितता गर्न समेत वडा सचिव पौडेलले आग्रह गर्नु भयो। अवदेखि राष्ट्रिय परिचयपत्र बिना सरकारले उपलब्ध गराउने कुनैपनि सेवा सुविधा लिन र दिन समेत नपाइने कुरा नेपाल सरकारले नै आधिकारिक सूचना गरेको हुँदा वडावासीको सहजताका लागि टोल टोलमा अभिमुखीकरण कार्यक्रम गरिएको वडा सचिव पौडेलले बताउनु भयो।
आज भएको अभिमुखीकरण कार्यक्रममा सामाजिक सुरक्षा भत्ता सुविधा लिने वडाका ४० जनाको राष्ट्रिय परिचयपत्र सम्बन्धी समस्या समाधान गरिएको कञ्चन गाउँपालिकाका पञ्जिकरण शाखाका सुरेन्द्र पोख्रेलले जानकारी दिनु भयो।
कार्यक्रममा कार्यपालिका सदस्य सुशिला थापा, वडा सदस्यहरु, वडा सचिव चक्रपाणी पौडेल, पञ्जिकरण शाखाका सुरेन्द्र पाख्रेल, सूचना प्रवृधि अधिकृत अनिल काउचा, टोल बिकास संस्थाका अध्यक्ष लगायतले यसभन्दा अघि राष्ट्रिय परिचयपत्र बनाएका तर राष्ट्रिय परिचयपत्र नम्वर प्राप्त नगरेका वडाका एकल महिला, जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई राष्ट्रिय परिचयपत्र नम्वर यकिन गर्न सहजकिरण गर्नु भएको थियो।