३१ जेठ, कञ्चन
नेकपा एमाले कञ्चन गाउ समितिले कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतम समक्ष पालिकाको जनचासो र समसामयिक बिषयहरुबारे आगामी बर्षको नीति, कार्यक्रम र बजेटमा समावेस गरियोस भन्दै २४ बुँदे ज्ञापन पत्र बुझाएको छ।
नेकपा एमाले कञ्चनका अध्यक्ष दिनानाथ आचार्यको नेतृत्वमा गएको टोलीले कञ्चन गाउँपालीकाले आ.व. ०८१-८२ का लागि नीति तथा कार्यक्रममा विकास निर्माण सगै आम नागरिकहरुको आवश्यकता एवं चासो र सरोकारका विषयलाई प्राथमिकता दिदै कञ्चनको "सम्वृद्ध कञ्चन खुसी कन्चनवासी" मुलमन्त्रलाई सार्थक एवम तार्किक निस्कर्षमा पुर्याउन सुझाव सहित ज्ञापनपत्र बुझाएको हो।
सो पार्टीका अध्यक्ष दिनानाथ आचार्यद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा कञ्चन गाउँपालिकाको विकास निर्माण सम्बन्धमा दिर्घकालिन योजना निर्माण गरि सर्वपक्षीय सर्वदलीय निर्णय एवं सहमतीको आधारमा सबै विषय एवं क्षेत्रलाई समेटी १५-२० वर्ष गुरुयोजना निर्माण गरिनुपर्ने सुझाव रहेको छ। विकासका मूलभूत आधारहरु पहिचान गरि आवधिक लक्ष्य प्राप्ती गर्दै सम्बृद्ध कञ्चन निर्माणमा समेत ज्ञापनपत्रमा सुझाव दिइएको छ।
ज्ञापनपत्रमा अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै जान र भूस्वामित्त्व जोतभोगका आधारमा पालिकामा अभिलेखीकरण गरिनुपर्ने, कञ्चन बासिको जिवनस्तर पहिचान गरि विपन्न वर्ग (जातिय होइन) लाई न्यूनतम रोजगारीको ग्यारेन्टी गरिनुपर्ने, वैदेशिक रोजगारीमा जाने यूवालाई गन्तव्य क्षेत्रमा प्राप्त हुने रोजगारीको सम्भावना पहिचान गरि औपचारिक सिप विकास केन्द्र मार्फत सिपमूलक जनशक्ति उत्पादन गर्ने, स्थानिय तहमा नेपाल सरकारद्वारा जारी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई उत्पादनसंगै जोडन सामुहिक कृषि, हस्तकला, काष्ठ कला, कुटीर उद्योग, शिक्षण सिपकला, निर्माणकला आदि क्षेत्रबाट रोजगारीका लागि सिप सृजना गर्दै उत्पादनमा जोडी बजारीकरण सुनिश्चित गर्ने। सेका लागि विपन्न परिवार कल्याण कोष स्थापना गरि आन्तरिक राजस्व संकलनलाई सुक्ष्म तरिकाले व्यवस्थापन गर्र्नु पर्ने सुझाव ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
यस्तै ज्ञापनपत्रमा सेवा प्रदायक संघसस्थाहरु सामुदायिक वन, बैंक तथा वित्तिय सस्था, गैरसरकारी संस्थासंग समन्वय गरी विपन्न वर्ग लक्षीत रोजगार कार्यक्रम संचालन गरिनु पर्ने, सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धीका लागि अभिभावक, शिक्षक एवम विद्यालय प्रशासनलाई प्रोत्साहन गर्दै कार्ययोजना मागगरी मुल्याङ्कनका आधारमा पुरस्कार एवं कारवाहीको दायरामा ल्याइनु पर्ने, विद्यालयहरुको मातहतमा रहेका जमिनलाई विद्यार्थीहरुको क्षमता विकासमा प्रयोग गर्ने र विद्यालयको भोगचलनको जमिनलाई पालिकाले उत्पादनमूलक क्षेत्रमा, विपन्न वर्गलाई स्वरोजगार कार्यक्रम मार्फत आय आर्जनमा जोड्ने जस्ता बिषयहरु आगामी बर्षको पालिकाको नीति तथा कार्यक्रममा समावेस गरी सार्वजनिक गर्नु पर्ने सुझाव प्रस्तुत गरिएको छ।
ज्ञापनपत्र ग्रहण गर्दै कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले नेकपा एमाले कञ्चनद्वारा ज्ञापनपत्रमा उल्लेख गरिएका जनसरोकामा आधारित साझा समस्या र सुझावहरुलाई पालिकाको नीति, कार्यक्रम तथा बजेटमा समावेश गर्न जनप्रतिनीधिहरु समक्ष सुझाव पेश गर्ने प्रतिवद्धता जनाउनु भयो। पालिकाको नीति तथा कार्यक्रम कस्तो बनाउने, निर्माण गरिएको नीति तथा कार्यक्रमले समग्र कञ्चनवासीको जिवनमा के कस्तो प्रभाव पार्छ र कञ्चनको भविष्य कस्तो बनाउने भन्नबारे स्थानीय जनप्रतिनीधि र सरोकारवालाहरुको भुमिका, दृष्टि, सोंच र कार्यदिशा नै मुख्य हुने भएकोले समय समयमा सबैपक्षबाट आवस्यक अनि रचनात्मक सुझाव आउनु पर्ने समेत प्रमुख प्रशासकिय अधिकृत गौतमले उल्लेख गर्नु भयो।
प्रमुख प्रशासकिय अधिकृत गौतमले नीति निर्माण र बजेट बनाउने बिषयमा भन्दा जनप्रतिनीधिहरुद्वारा निर्माण गरिएको नीति, कार्यक्रम र बजेटलाई स्थानीय, प्रदेश र संघिय कानुनसंग नबाझिनेगरी नियम, कानुन र कार्यविधिमा रहेर कार्यान्वय गर्न गराउन केन्द्रित हुने बताउनु भयो।
पालिकालाई ज्ञापन पत्र बुझाउनका लागि नेकपा एमाले जिल्ला सचिवालय सदस्य भरतमणी सापकोटा, गाउँकमिटि सचिव लेखनाथ पौडेल, वडा नं. ५ का निवर्तमान वडा अध्यक्ष कृष्ण प्रसाद अधिकारी, राम प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो।
ज्ञापनपत्रको पुर्ण पाठ
उपर्युक्त सम्वन्धमा यस कञ्चन गाउँपालीका सरकारले आ.व. ०८१-८२ का लागि नीति तथा कार्यक्रम सम्बन्धमा नेकपा (एमाले) कञ्चन गाउँ कमिटीलाई सुझाव माग भएको सन्दर्भमा विकास निर्माण सगै आम नागरिकहरुको आवस्यकता एवं चासो र सरोकारका विषयमा सधै अग्र पंक्तीमा राख्दै नेतृत्व गर्दै आएको संगठन भएका नाताले कञ्चनलाई "सम्वृद्ध कञ्चन खुसी कन्चनवासी" अभियानलाई सार्थक एवम तार्किक निस्कर्षमा पुयाउन नेकपा एमालेको तर्फबाट अ व ०८१/८२ को नीति तथा कार्यक्रममा निम्न सुझाव प्रस्तुत गर्दछौ ।
१, कञ्चन गाउँपालीकाको विकास निर्माण सम्बन्धमा दिर्घकालिन योजना निर्माण गरि सर्वपक्षीय सर्वदलीय निर्णय एवं सहमतीको आधारमा सबै विषय एवं क्षेत्रलाई समेटी १५-२० वर्ष गुरुयोजना निर्माण गरिनुपर्ने ।
२, विकासका मूलभूत आधारहरु पहिचान गरि आवधिक लक्ष्य प्राप्ती गर्दै सम्बृद्ध कञ्चन निर्माणमा लागी निम्न विषयगत क्षेत्रलाई उच्च प्राथमिकता राखिनुपर्ने सुझाव पेश गर्दछौ ,
क, अव्यवस्थित बसोबासलाई व्यवस्थीत गर्दै जान र भूस्वामीत्त्व जोतभोगका आधारमा पालिकामा अभिलेखीकरण गरिनुपर्ने ।
ख, कञ्चन बासीको जिवनस्तर पहिचान गरि विपन्न वर्ग (जातिय होइन) लाई न्यूनतम रोजगारीको ग्यारेन्टी गरिनुपर्ने ।
ग, वैदेशिक रोजगारीमा जाने यूवालाई गन्तव्य क्षेत्रमा प्राप्त हुने रोजगारीको सम्भावना पहिचान गरि औपचारिक सिप विकास केन्द्र मार्फत सिपमूलक जनशक्ति उत्पादन गर्ने ।
घ, स्थानिय तहमा नेपाल सरकारद्वारा जारी प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई उत्पादनसंगै जोड्न सामुहिक कृषि, हस्तकला, काष्ठ कला, कुटीर उद्योग, शिक्षण सिपकला, निर्माणकला आदि क्षेत्रबाट रोजगारीकालागि सिप सृजना गर्दै उत्पादनमा जोडी बजारीकरण सुनिश्चित गर्ने। सो का लागि विपन्न परिवार कल्याण कोष स्थापना गरि आन्तरिक राजस्व संकलनलाई महिन तरिकाले व्यवस्थापन गर्ने ।
ङ, सेवा प्रदायक संघसस्था जस्तै सामुदायिक वन, बैंक तथा वित्तिय सस्था, गैरसरकारी संस्थासंग समन्वय गरी विपन्न वर्ग लक्षित रोजगार कार्यक्रम संचालन गर्ने ।
च, सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धीकालागि अभिभावक, शिक्षक एवम विद्यालय प्रशासनलाई प्रोत्साहन गर्दै कार्ययोजना मागगरी मुल्याङ्कनका आधारमा पुरस्कार एवं कारवाहीको दायरामा ल्याउने ।
छ, विद्यालयहरुको मातहतमा रहेका जमिनलाई विद्यार्थीहरुको क्षमता विकासमा प्रयोग गर्ने । विद्यालयको भोगचलनको जमिनलाई पालिकाले उत्पादनमूलक क्षेत्रमा, विपन्न वर्गलाई स्वरोजगार कार्यक्रम मार्फत आय आर्जनमा जोडने ।
ज, पालीका भित्रका सार्वजनिक जमिन, हाटबजार, खेल मैदान, आमा समुहका भवनहरुलाई पालिकाको स्वामित्वमा रहने व्यवस्था मिलाउने ।
झ, संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको न्यूनतम पारिश्रमिक सेवा सुविधा सम्बन्धमा अनुगमन मुल्याङ्कन गर्दै न्यूनतम पारिश्रिमकको सुनिश्चितता गर्ने। संस्थागत विद्यालयको वर्गिकरण गरि सेवा सुविधा सम्वन्धमा नियमन गर्ने ।
ञ, सामुदायिक विद्यालयको आवाश कोचिङ्ग र मासिक शुल्क स्थानान्तरण प्रमाणपत्र शुल्क आदि विषयलाई विद्यालय व्यवस्थापन समितिको निर्णय र पालिकाको अनुमति स्विकृत विना लिन नपाउने प्रबन्ध गरिनुपर्ने ।
ट, संस्थागत तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मुल्याङ्कन गरि समान प्रोत्साहन एव पुरस्कृत गर्ने
ठ, स्वास्थ्य चौकीलाई १५ सैंयाको अस्पतालमा स्तरोउन्नति गर्ने। सुगर, टी.जी., यूरीक एसिड जस्ता आम नागरिकमा हुनसक्ने सम्भाव्य रोग परिक्षण गर्न ल्याब टेस्ट निः शुल्क गर्ने ।
ड, हरैयामा अवस्थित एकमात्र आयूर्वेदिक अस्पतालललाई प्रभावकारी बनाउने। सबैको पहुंच योग्य स्थानमा संरचना निर्माण गर्ने। फिजियो थेरापिकेन्द्र स्थापना गर्ने ।
ढ, सामुदायिक बनहरु, सुनगाभा सामुदायिक केन्द्र, सामुदायिक रेडियो कञ्चन वित्तिय संस्था एवम आमा समुहहरुलाई विकास साझेदारी संस्थाको रुपमा स्विकार गर्दै सहकार्यमा जोडदिने ।
ण, छुवाछुत, लैङ्गीक हिंसा, लागु औषध दुरव्यसनी विरुद्ध सचेतना अभियान संचालन गर्ने ।
त, खेलकुद क्षेत्रको विकासको लागी निर्माणाधीन अधुरा कबडहल निर्माण सम्पन्न गर्ने । धमिनाताल, दियोवजार एवं फलवारी स्थित खेलमैदानलाई स्थानिय, प्रदेश र संघीय सरकार विच समन्वय गरी अलग अलग विधाका खेलमैदानको रुपमा विकास गर्न योजना माग गर्ने ।
थ, कञ्चन खेलकुद विकास समिति गठन गरी विभिन्न विधाका खेलाडी पहिचान गर्ने । उत्कृष्ट खेलाडीहरुलाई सम्मान सहित नियमित खेलकुद प्रशिक्षण एवं प्रतियोगिता संचालन गरी सहभागी गराउने ।
द, अटो व्यवसायी टेक्टर व्यवसायीहरुसंग समन्वय गरी पालिका तहमा भाडा दरमा एकरुपता कायम गर्ने ।
ध, कञ्चन स्थित ३ वटा प्रहरी सुरक्षा बल केन्द्रलाई प्रभावकारी परिचालन गर्न आवश्यक पूर्वधार एव सुरक्षा रणनिती बनाई शान्ति सुरक्षा, चोरी निकासी, दुर्ब्यसनीलाई नियन्त्रण गर्ने ।
न, कृषिलाई आधुनिकीकरण एवं यान्त्रीकरण गर्ने, सामुहीक खेतीलाई प्रोत्साहन गर्ने, अनुदानलाई पारदर्शी बनाउने, पशु प्राविधिक र कृषि प्राविधिकलाई किसानको खेत र गोठ सम्म पुर्याउन आवश्यक योजना बनाउने । किसानलाई गुणस्तरीय विउ उपलब्ध गराई उत्पादनको उचित मुल्य तय गरी बिउको अनुपातमा उत्पादकत्व वृद्धी गर्ने किसानलाई प्रोत्साहन संगै पुरस्कृत गर्ने।
प, कञ्चन स्थित सम्पूर्ण सामुदायिक एव संस्थागत विद्यालयमा शुद्ध पिउने पानीको प्रबन्ध गर्न, खानेपानी संस्था गैर सरकारी संस्था, पालिका एवम स्वयम विद्यालयको समेत साझेदारीमा फिल्टर जडान कार्यक्रम संचालन गर्ने
फ, सडक छेउमा हरियाली बनाउन प्रत्येक १५ मिटर मा १ वृक्ष अभियान सचालन गरी पर्यावरण संरक्षणमा हामी सबै कार्यक्रम संचालन गर्ने ।
ब, घर निर्माण मापदण्ड अबिलम्ब जारीगरी "नक्सा पास गरी घर निर्माण गरौ" अभियान संचालन गर्ने । सडकको न्यूनतम क्षेत्रफल मापदण्ड तयार गरी सार्वजनिक सम्पतिमा अभिलेखीकरण गर्ने ।
भ, अव्यवस्थित जमिनमा बसोबास गर्ने घर र घर धनिको अभिलेख राखी अब उप्रान्त घर निर्माण गदां मापदण्ड पुरा गर्न लगाउने ।
अध्यक्ष ज्यू
माथि उल्लेखित कार्यक्रमहरु ने.क.पा एमाले चुनाबी घोषणा पत्रमा पनि उल्लेख गरेका विषय हुन । नेपाली काग्रेस र गठबन्धनको घोषणापत्रमा पनि उल्लेखित कुरा उल्लेख गरिएको पाइन्छ । यसकारण उल्लेखित विषय सबै राजनैतिक दलका साझा प्रतिवद्धता हुन भन्ने हाम्रो पार्टीको ठहर छ । हामीले पेस गरेको सुझावहरु कार्यन्वयन गर्न सामुहिक प्रयास गर्ने हो भने असम्भव छैन। पालिकाको रुपान्तरण गर्नु हामी सबैको साझा जिम्मेवारी हो । हामीलाई विश्वास छ नेकपा एमालेले पेस गरेको सुझावलाई कार्यन्वयनमा लगिने छ । रुपान्तरणका लागि ने.क.पा. एमालेले निरन्तर साथ समर्थन गर्न विश्वास दिलाउन चाहन्छौ ।