२९ जेठ, कञ्चन
ईलाका प्रहरी कार्यालय रुद्रपुर, रुपन्देहीमा कार्यलय प्रमुखको रुपमा आउनु भएका उमाशंकर प्रसाद शाह र स्थानीय जनप्रतिनीधि, बिभिन्न राजनैतिक दल, बिभिन्न संघ संस्था, पेशा ब्यबसायीहरु बिच स्थानीय क्षेत्रका समसामयिक बिषयमा सोमवार अन्तरकृया गरिएको छ।
अन्तरकृयामा कञ्चनमा कृयाशिल बिभिन्न प्रतिनीधिहरुले कञ्चनको मुख्य समस्याको रुपमा रहेको लागु औषध दुर्ब्यसनी, काठ तस्करीहरुको जालो, प्राकृतिक जमिनहरुको उत्खनन गरी अबैध माटोको कारोवार, चोरी, भन्सार छली, म्याद गुज्रेका दैनिक उपभोगिय बस्तुहरुको खुलेआम बेच बिखन र बिभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुमा भएका अनियमित्ता र भ्रष्टचारको अन्त्य गर्न नव आगन्तुक प्रहरी निरीक्षक तथा ईलाका प्रहरी कार्यालय रुद्रपुरका कार्यलय प्रमुख उमाशंकर प्रसाद शाहको सुरक्षा कमाण्ड सफल हुने बिश्वास ब्यक्त गरेका थिए।
कार्यक्रममा कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनका हरेक पक्षको शान्ती सुब्यबस्था कायम गर्न, ट्रान्जिटको रुपमा लिइएको कञ्चनको लागु औषध दुर्ब्यसनी र ओसार पोसारलाई निरुत्साहित गरी सम्मुन्नत समाज निर्माणमा प्रहरी निरीक्षक शाह प्रयत्नशिल भई त्यसको अन्त्य गर्न सफल हुने बिश्वास ब्यक्त गर्नु भयो। कञ्चनमा हुने कुनैपनि अबैध कृयाकलाप, कञ्चनको शान्ती सुरक्षालाई चुनौती दिने कुनै पनि गतिविधको जरैदेखि अन्त्य गर्न सुरक्षाकर्मीबाट हुने हरेक कार्यको पक्षमा कञ्चन गाउँपालिका हुने अध्यक्ष ढकालले प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो।
यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनमा महिला हिंसा, घरेलु तथा लैंगिक हिंसाले पनि बिस्तारै उकालो चढ्दै गइरहेको सन्दर्भमा त्यस गतिविधिहरुलाई उठ्नै नदिन कञ्चनको सुरक्षा प्रशासनले सबै किल्पहरु प्रयोग गर्नेछ भन्ने बिश्वास ब्यक्त गर्नु भएको थियो।
कार्यपालिका सदस्य तथा प्रवक्ता चित्रलाल तुलाचनले कञ्चनलाई सम्मुनत र खुशी कञ्चनवासी निर्माणको लागु औषधको दुर्ब्यसनी र समूहगत तथा संस्थागत काठ तस्करलाई अन्त्य गर्न प्रहरी एक्लैको प्रयास र संघर्षबाट सम्भव नहुने भन्दै प्रवक्ता तुलाचनले प्रहरी, बिभिन्न संघ संस्था, बिद्यालयमा हुने अवाञ्छित कृयाकलापलाई रोक्न सबै पक्षहरु बिच सहकार्य, समन्वय अनिवार्य सहकार्य र समन्वय,अपरिहार्य रहेको बताउनु भयो।
कार्यक्रममा वडा अध्यक्षहरु, बिभिन्न राजनैतिक दलका प्रतिनीधि, संघ संस्थाका प्रतिनीधि, टोल बिकास संस्थाका प्रतिनीधि, पेशा ब्यबसायीहरुले आ आफ्नो धारणा ब्यक्त गरेका बिचार तथा सुझावहरुको अविलम्ब कार्यान्वयन गर्न आफु र आफु मातहतका सुरक्षाकर्मीहरुको सक्रियता रहने प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहले प्रतिक्रिया दिनु भएको थियो।
सत्यस सेवा सुरक्षण भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै देश र जनताको शान्ती सुरक्षा, गलत कृयाकलाप, चोरी तस्करी लगायत अवाञ्छित कृयाकलापहरुलाई निरुरुत्साहित गर्न स्थानीय सरोकारवालाहरुसंगको सहकार्य र समन्वयलाई बढी प्राथमिकता दिएर आफु अघि प्रहरी निरीक्षक शाहले बताउनु भयो। प््रहरी निरीक्षक शाहले आफ्नो जिम्मेवारीलाई पद, पैसा र ब्यक्तीगत लाभसंग नजोड्ने र गलतलाई समाजको शान्ती सुब्यबस्थामा असर हुने कुनै पनि कार्यहरुलाई प्रोत्साहित गर्ने कोही कसैलाई पनि माफी र छुटकारा नहुने बताउनु भयो।
प््रहरी नायव निरीक्षक धमै बहादुर खड्काको संचालन, प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहको अध्यक्षता तथा कञ्चन गाउापालिकाका अध्यक्ष नजवराज ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रम ईलाका प्रहरी कार्यालय रुद्रपुरको परिसरमा भएको थियो। यसभन्दा अघिका कार्यलय प्रमुख तथा प्रहरी निरीक्षक सूर्य बहादुर शाही राष्ट्रिय अनुसन्धान बिभागमा सरुवा हुनु भएपछि प्रहरी निरीक्षक शाह जिल्ला प्रहरी कार्यालय चिथवनबाट सरुवा भई कार्यलय प्रमुखको रुपमा ईलाका प्रहरी कार्यालय रुद्रपुर आउनु भएको हो ।