८ जेठ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि कञ्चनवासीहरुसंग सुझाव माग गरेको छ। पालिकाले आफ्नो सामाजिक सञ्जाल फेसबुक र पालिकाको वेभसाइट मार्फत सुझाव मागेको हो।
नेपालको संविधानद्वारा स्थानीय तहलाई प्रदत्त अधिकार, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघीय र प्रादेशिक कानूनहरू, दिगो विकासका लक्ष्य, स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन लगायतका मार्गदर्शनका रूपमा लिई गाउँपालिकाको आवश्यकता, स्रोत साधनको उपलब्धता र संस्थागत क्षमताका आधारमा आ.व.२०८१/८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तयार गर्नुपर्ने भएको हुनाले उक्त प्रयोजनार्थ मिति २०८१/०२/२० गते भित्र आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्नु पर्ने विषयहरूको बारेमा रचनात्मक रायरसुझाव प्रदान गर्न कञ्चनमा कृयाशिल सम्पूर्ण राजनैतिक दल, नागरिक समाज, पेश व्यवसायी, शिक्षक, कर्मचारी, सरकारी तथा गैर-सरकारी सं-संस्था, पत्रकार एवम् स्वदेश तथा विदेशमा रहेका गाउँपालिकावासी आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण सरोकारवालाहरू अनुरोध गरेको हो।
यतिवेला कञ्चन गाउँपालिकाका जनप्रतिनीधि र कर्मचारीहरु पालिकाको बार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणको तयारीमा रहेका छन। बार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माणका लागि कञ्चनका राजनैतिक दल, नागरिक समाज, पेश व्यवसायी, शिक्षक, कर्मचारी, सरकारी तथा गैर-सरकारी संघ-संस्थाहरुसंग अन्तरकृया कार्यक्रम समेत सम्पन्न गरिसकेको छ ।
पालिकाको "समुन्नत कञ्चन, सुखी कञ्चनवासी" भन्ने मुल नारालाई सार्थक बनाउन भौतिक उपस्थिति जनाई वा पालिकाको आधिकारिक फेसबुक पेज, वभसाइट र मेल मार्फत सुझाव दिन सकिने छ।
सुझाव पेश गर्नेवारे पालिकाको पुर्ण पाठ सहितको सूचना