६ जेठ, कञ्चन
श्री रुद्रपुर माध्यमिक बिद्यालय, कञ्चन ४ अस्नैया रुपन्देहीमा कक्षा ८ मा अध्ययनरत बिधार्थीहरुका अभिभावक, शिक्षक र बिद्यालय ब्यबस्थापन समिति बिच बिधार्थीहरुको पठन पाठनबाारे अन्तरकृया कार्यक्रम भएको छ।
अन्तरकृया कार्यक्रममा अभिभावकहरुले बिद्यालयमा बिधार्थीको गृहकार्य परिक्षण, अतिरिक्त कक्षा संचालनर, प्रश्नउत्तर गर्ने जस्ता कार्यलाई प्राथमिकता दिनुपर्ने, बिधार्थी बिद्यालयमा नआएमा कक्षागत शिक्षकबाट अभिभावकहरुलाई जानकारी दिने, गणित, बिज्ञान र अंग्रेजी बिषयलाई यथासक्य अतिरक्ति कक्षा संचालन गरिदिनु पर्ने, शिक्षकहरुले नै बिधार्थीहरुलाई मोवाइल नखेलाउन लगाउने, बिद्यालय भित्रै क्यान्टिनको ब्यबस्था गरिदिनु पर्ने जस्ता बिषयहरुमा बिद्यालय ब्यबस्थापन समिति र बिद्यालय प्रशासनले ध्यान दिन सकेमा बिद्यालयको पढाईमा सुधार आउने सुझाव दिएका थिए।
कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालले अभिभावकहरुबाट प्राप्त सुझावलाई बिद्यालयको श्रोत साधनको अधिक्तम प्रयोग गरेर कार्यान्वयन गर्ने गराउने प्रतिवद्धता ब्यक्त गर्नु भयो। यस बर्ष बिद्यालयको स्वर्ण महोत्सव बर्ष भएकोले स्वर्ण महोत्सवलाई भव्य र सभ्य रुपमा मनाउन हरेक अभिभावकहरुको सक्रियता अनिवार्य रहने अध्यक्ष खनालले बताउनु भयो।
यसैगरी बिद्यालय ब्यबस्थापन समितिका सदस्यद्वय जगी लाल थापा र पुर्णा रानाले बिधार्थीहरुको पढाइलाई ब्यबस्थित र परिणाममुखी बनाउन शिक्षकहरुको मेहनत र प्रयासले मात्र सम्भव नहुने भन्दै अभिभावकहरुको पनि बिद्यालय प्रतिको चासो र नियमित अनुगमन अतिआवस्यक पर्ने बताउनु भयो।
बिद्यालयका प्रधानाध्यापक डोलाराम पौडेलले यस शैक्षिक बर्षमा कक्षा ८ लाई नमुना कक्षाको रुपमा संचालन गरिएको र नमुना कक्षा बनाउन बिधार्थी, अभिभावक र शिक्षकहरु बिचको त्रिकोणिय समन्वय, सहकार्य र सहयोग अनिवार्य रहने बताउनु भयो। बिद्यालयमा हुने हरेक कृयाकलापहरुमा अभिभावकहरुको सहभागिता र रचनात्मक सुझावले मात्र बिद्यालयको पठनपाठनलाई अझ राम्रो र गुणस्तरिय बनाउन सहयोग पुग्ने भन्दै प्रधानाध्यापक पौडेलले कक्षा ८ का अभिभावकहरुबाट आफ्ना नानी बाबुहरु सरसफाई, कपि किताव र पोशाकबारे दैनिक रुपमा ध्ययान दिएमा उनिहरुको पढाई प्रतिको लगाव बढ्दै जाने बताउनु भयो।
कार्यक्रममा आधारभुत तहका कोअर्डिनेटर हरि प्रसाद पौडेल, बिषय शिक्षक प्रकाश क्षेत्रीले बिद्यालयको शैक्षणि कृयाकलापलाई राम्रो गराउन अभिभावकहरुबाट सुझाव र शिक्षक तथा शिक्षिकाहरुबाट भएको कमी कमजोरी नऔल्याएसम्म हामीले हाम्रो गल्ती कमजोरी नदेखिने र ती नदेखिएका गल्तीहरु दोहोरिदा बिद्यालयको पढाई झन कमजोर हुदै जाने भएकोले अभिभावकहरुको सुझाव अत्यावस्यक रहेको बताउनु भयो।
बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष चिरञ्जीवी खनालको अध्यक्षता तथा शिक्षक गोपाल पौडेलको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो।