६ जेठ, बुटवल/रवि राना
फुलबारी गाइज बुटवलको चौथो अधिवेशन तथा दशौँ साधारण सभा बुटवलको फूलबारीमा सम्पन्न भएको छ। अधिबेशनले तेजु राना मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
अधिबेशनबाट वरिष्ठ उपाध्यक्षमा सरोज दर्लामी, उपाध्यक्षमा राजन बुढाथोकी, उपाध्यक्ष थमन पुन, महासचिवमा सरु थापा, सचिवमा गौतम गुरुङ र कोषाध्यक्षमा राहुल खड्की निर्वाचित भएका छन। यस्तै सदस्यमा, माधव कुँवर, उत्तम श्रेष्ठ र पुरन राना निर्वाचित भएका छन।
फुलवारी गाइजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै फसलवारी गायजका संरक्षक तथा कार्यक्रमका प्रमुख अतिथि यम पर्साद गलामीले युवाहरुको काँधमा समाज रुपान्तरणको जिम्मेवारी भएको बताउनु भयो। संस्था खोल्नु ठूलो कुरा नभई संस्थाले समाज रुपान्तरणका लागि दिन सक्ने योगदान र भुमिका नै प्रमुख हुने बताउनु भयो।
कार्यक्रममा फुलवारी गाइजबका वरिष्ठ सल्लाहकार हसन्त लामा, सल्लाहकार सुनिल शाक्य, एन्फा रुपन्देहीका अध्यक्ष लोक पुन रूपन्देही स्नुकर सङ्घका अध्यक्ष स्वप्न पुन, समाजसेवी उत्तम मानन्धर, सुनिल गुरुङ सन्तोष शाही, नरेश जिसी, रवि थापा, भुवनेश्वरीकोटैमाई मन्दिर व्यवस्थापन समिति शुद्धोधनका अध्यक्ष मानबहादुर बुढाथोकीकी लगायतले फुलवारी गाइजले समाजमा रहेका बिकृति, बिसंगती, लागु औषध दुर्ब्यसनीको न्युनिकरण तथा निरुत्साहित गर्ने जस्ता गतिविधि र कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिएका थिए।
यस्तै फुलवारी गाइजका अध्यक्ष तथा बुटवल उपमहानगरपालिका प्रवक्ता एवं वडा नम्बर १५ का अध्यक्ष शिवरानाको अध्यक्ष्यक्षतामा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष नारायणपुन, वडा नम्बर २ का अध्यक्ष सुनिल गुरुङ, बुटवल २ का वडा सदस्य सुमित गुरुङ हसन्त लामा, बासु बस्याल बुद्धि थापा, उत्तम मानन्धर, सानु बरालको समेत आतिथ्यता रहेको थियो। ।
फुलवारी गाइजका मन्तव्य सरु थापाको स्वागत तथा क्लबका महासचिव तेजु रानाको संचालनमा कार्यक्रम सम्पन्न भएके थियो।