२७ बैशाख, कञ्चन
रुपन्देहीको कञ्चनमा संचालित एकमात्र हरैया बहुमुखी क्याम्पसमा उद्योगी ब्यबसायीहरु बिचको अन्तर सम्बन्ध बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। क्याम्पस र उद्योग व्यवसाय बिचको अन्तरसम्बन्ध विषयक अन्तरक्रियाका लागि क्याम्पस प्रमुख प्रकाश खनालले आधार पत्र प्रस्तुत गर्नु भएको थियो।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कार्यक्रमको शुभारम्भ गर्दै कञ्चनलाई साधारण र प्राविधिक शिक्षा सहित उच्च शिक्षाको मुख् हब बनाउनमा स्थानीय तहको एक्लो कल र प्रयासले सम्भव नहुने उल्लेख गर्नु भयो। ब्यबसायिक र सिपमुलक शिक्षाका लागि कञ्चनका हरेक शिक्षालयहरुलाई अब्बल र जिम्मेवार बनाउन निजी क्षेत्रका उद्योगी, ब्यबसायी र सरोकारवालाहरुको साथ र सहयोग निकै महत्वपुर्ण हुने अध्यक्ष ढकालले बताउनु भयो।
यसैगरी कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले हरैया बहुमुखी क्याम्पसलाई हरेक क्षेत्रबाट प्राप्त भएको सहयोग र सहानुभुतिको प्रतिफल क्यू ए ए मान्यताको अन्तिम चरण भएको बताउनु भयो। क्याम्पसको अहिलेको अवस्थासम्म आइपुग्नका लागि यस क्षेत्रका शिक्षा प्रेमी, बुद्दिजीवी, समाजसेवी र आम चन्दादाताहरुको अथक परिश्रम, मेहनत र लगानी रहेको र आगामी दिनहरुमा पनि यसको निरन्तरतालाई कायम राख्न सुझाव समेत निवर्तमान अध्यक्ष क्षेत्रीले दिनु भएको थियो।
वडा नं. ३ का वडा अध्यक्ष टीकाराम सापकोटाले हरैया बहुमुखी क्याम्पसको भौतिक, शैक्षिक, सामाजिक लगायत विभिन्न बिषयमा स्तर उन्नति गरि बिश्व बजारमा प्रतिष्पर्धा गर्ने सक्ने जनशक्ति उत्पादनको निम्ति क्याम्पस र क्याम्पससंग जोेडिएका हरेक सरोकारवालाहरुको सहभागिता अनिवार्य रहने बताउनु भयो। यस्तै कञ्चन गाउँपालिकाका सामाजिक बिकास समितिका संयोजक चित्र तुलाचनले हरैया बहमुखी क्याम्पस सामुदायिक कयम्पस भएको यसको व्यवस्थापकिय जिम्मेवारी समुदायको नै रहेकोले यस क्षेत्रका शिक्षा प्रेमी, बुद्दिजीवी, समाजसेवी र आम चन्दादाताहरुको अथक परिश्रम, मेहनत र लगानीको उच्च मुल्यांकनका लागि पनि क्याम्पसका हरेक गतिविधिहरु समुदायमा आधारित हुनुपर्नेमा जोड दिनु भयो। कञ्चन गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका संयोजक तुलाचनले यस क्याम्पसबाट उत्पादित जनशक्तीहरुले कुनै न कुनै क्षेत्रमा प्रबेश गरी उनिहरुसंग भएको ज्ञान, सिप र क्षमताको आधारमा यही समाजका लागि आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न सकेमात्र क्याम्पस महत्व र गरिमा बढ्दै जाने बताउनु भयो।
कार्यक्रमबारे आधार पत्र प्रस्तुत गर्दै क्याम्पस प्रमुख प्रकाश खनालले देशको अर्थतन्त्र निर्माणमा उद्योगी व्यवसायीहरुको महत्त्वपूर्ण भुमिका रहेको र विश्वपुँजीवादको विकास संगै अर्थतन्त्रको ठुलो हिस्सा उद्योगी ब्यवसायी क्षेत्रले समेटेको देखिएपनि नेपालको सन्दर्भ अलि फरक भएको बताउनु भयो । देशको वजेट निर्धारणमा वैदेशिक सहयोग, अनुदान र रेमिट्यान्सको आधार रहेको र उद्योगधन्दा कल कारखानाको अभावमा देशको वार्षिक बजेट निर्धारणमा उद्योग व्यवसायको योगदान १६.५ प्रतिशत मात्रै रहेको सन्दर्भमा क्याम्पस र उद्योग व्यवसाय बिचको अन्तरसम्बन्धलाई बलियो बनाउन कार्यक्रमको आवस्यकता महसुस गरिएको बताउनु भयो।
क्याम्पस प्रमुख खनालले देशको व्यापार घाटा वृद्धि र प्रति व्यक्ति ऋण घट्नु सट्टा दिन प्रति दिन बढ्दै गएको अवस्थामा देशको अर्थतन्त्र परनिर्भर भइरहेको र सबै क्षेत्रहरुको निर्धारण अर्थतन्त्रले गर्ने भएको हुनाले देशको अर्थतन्त्र नै ऋणत्मक भएपछि सम्पूर्ण स्वभाविक रुपमा त्यसको प्रभाब सबैतिर देखा परिरहेको सन्दर्भमा क्याम्पसको भुमिकालाई अझ प्रभावकारी बनाउन आवस्यक रहेको बताउनु भयो।
हरैया बहुमुखी क्याम्पस एक सामुदायिक क्याम्पस भएको र यसको व्यवस्थापनको जिम्मेवारी समुदायमा रहेकोले यस क्षेत्रका शिक्षा प्रेमी, बुद्दिजीवी, समाजसेवी र आम चन्दादाताहरुको अथक परिश्रम, मेहनत र लगानीको परिणाम स्वरूप बि.स. २०६१ साल जेठ १ गते क्याम्पस पूर्वाधार बिकास समिति गठन गरि यस क्याम्पसको स्थापना गर्ने कार्यको थालनी भएको समेत क्याम्पस प्रमुख खनालले स्मरण गर्नु भयो ।
कार्यक्रममा क्याम्पसको समग्र पक्ष (भौतिक, शैक्षिक, सामाजिक) लगायत विभिन्न बिषयमा स्तर उन्नति गरि बिश्व बजारमा प्रतिष्पर्धा गर्ने सक्ने जनशक्ति उत्पादनको निम्ति QAA program को प्रक्रिया अगाडी बढाइरहेको जानकारी गराउदै यहिँ वैशाख ३० गते देखि जेष्ठ १ गते सम्म ग्न्ऋ को एचभ( ब्ककभककmभलत त्भबm क्याम्पस को समग्र पक्षको अनुगमनको लागि आउने कार्यकम रहेको जानकारी समेत क्याम्पस प्रमुख खनालले गराउनु भएकको थियो।
आधारपत्र माथी कन्चन व्यापार संघ अध्यक्ष डोलेन्द्र बहादुर क्षेत्री,
क्याम्पस संचालक समिति कोषाध्यक्ष शेर बहादुर श्रीष, क्याम्पस संचालक समिति सदस्य पुष्पराज शर्मा, क्याम्पस संचालक समिति सदस्य दीपक पौडेल, जोगडा स्वास्थ्य चौकीका इन्चार्ज तथा शिक्षाप्रमि बिष्णु प्रसाद उपाध्याय
व्यवसायी यमनाथ शर्मा लगायतले टिप्पणी सहित क्याम्पसबाट संचालन हुने हरेक शैक्षिका तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुको अपनत्व लिन आफु र आफ्नो क्षेत्रबाट हुने हरेक सहयोग, समन्वय र सहकार्यलाई प्राथमिकता दिइने प्रतिवद्धता जनाउनु भएको थियो।
क्याम्पस संचालक समितिका अध्यक्ष चुडामणी शर्माको अध्यक्षता, क्याम्पसको जन सम्बन्ध तथा सूचना व्यवस्थापन इकाई संयोजक दिपक भुसालको स्वागत तथा लेखापाल कपिलमणी पौडेलको संचालनमा भएको कार्यक्रममा कञ्चन, गैडहवा र कपिलबस्तुका उद्योगी, ब्यबसायी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो।