१ फागुन,कञ्चन/जगिलाल थापा
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओबादी)ले देशब्यापी रुपमा देशमा बढदो भ्रष्टचार,सिमा अतिक्रमण र एम सि सिको बिरुद्धमा राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन बिस्तार अभियान संचालन गरेको छ । प्रदेश तथा ब्युरो स्तरिय रुपमा संचालित अभियान अन्तर्गतको प्रदेश नं. ७ को धनगढीबाट शुरु भएको पश्चिम ब्युरोको टोली हिजो रुपन्देहीमा प्रबेश गरेको छ ।
रुपन्देहीको कञ्चनमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओबादी)ले पहिलो कोण सभा गरी राष्ट्रिय स्वाधिनताको रक्षा र संगठन बिस्तार अभियानलाई रुपन्देहीमा शुरुवात गरेको छ ।कोण सभामा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओबादी)का स्थायी समिति सदस्य तथा पश्चिम ब्यूरो इन्चार्ज राम सिंह श्रीसले सत्ता जोगाउन देशका ठूला ठूला भ्रष्ट,दलाल, अनि ठेकेदारहरुको आड भरोसामा शासन चलाइरहेको प्रचण्ड र ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिगतका पञ्चायत र नेपाली कांग्रेस सरह आफ्नो आडम्बर प्रस्तुत गरिरहेको बताउनु भएको छ। श्रीसले भने प्रचण्ड र ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा कम्युनिष्टको बदनाम गरेको बताउदै कम्युनिष्टको सिद्धान्तको कुरा त के पुंजीबादी पार्टी र शासकहरुले अवलम्बन गर्ने न्युनतम स्वभाव पनि प्रस्तुत गर्न नसकेको हुनाले प्रचण्ड र ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) असली कम्युनिष्ट नभएको बताउनु भएको छ।
हिजो अमेरिकी साम्राज्यबाद मुर्दाबाद र भारतिय बिस्तारबादको नारा लाएर सिंह दरबार पसेकाहरु आज तिनैको दलाली गर्दै देशको हितमा नरहेको राष्ट्रघाती एम सि सि बिधेयकलाई पारित गर्न मरिमेटिरहेको बताउदै श्रीसले संघियता संगै बनेका स्थानिय तहहरुमा ब्यापक बढेको प्रति पार्टीले देशब्यापी रुपमा भण्डाफोर अभियान संचालन गरेको बताउनु भएको छ ।यस्तै प्रमुख बक्ताको रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओबादी)का स्थायी समिति सदस्य तथा पश्चिम ब्यूरो इन्चार्ज राम सिंह श्रीसले नेपाली जनताको अथाह समर्थन र छिमेकी देश भारतले जारी गरेको भारतको राजनैतिक नक्साको ब्यापक बिरोध हुदा हुदै पनि ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले आफ्नो सत्ता ढल्ने पिर र चिन्ताले छिमेकी देश भारतको हेपाहा प्रबृती प्रति एक शब्द नबोल्नु ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार देश र जनता प्रति जिम्मेवार नभएको आरोप लगाउनु भएको छ।
आफ्नो शासन सत्ता जोगाउन हिजोका भ्रष्ट,दलाल र ठग ठेकेदारहरुको निगाहमा र उनिहरुकै पक्षमा निती नियम बनाउदै संस्थागत भ्रष्टचारमा लिप्ट भइरहेकोले अव हरेका सचेत जनता भ्रष्ट र ठग प्रबृतिका दल र नेताहरुबाट देशलाई जोगाउन स्वाधिनताको रक्षा गर्ने अभियानमा लाग्नु पर्नेमा जोड दिदै अवको समय असल र खरावको पहिचान गरी आज सम्म अनेक बहानामा ढाट्ने छल्ने र ठग्ने दल र तिनका नेताहरुको बिरुद्धमा एकबद्ध भई शसक्त आन्दोलनमा जुट्नु पर्ने आवस्यक रहेको बताउनु भएको छ ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओबादी)का केन्द्रिय सदस्य तेज बिक्रम शाही,केजि कुमार पौडेल लगायतले देशमा बढदो भ्रष्टचार र देशघाती एम सि सि बिधेयकका बिरुद्धमा बोल्दै छिमेकी देश भारतले जारी गरेको भारतको राजनैतिक नक्साको बिरेध गर्दै तत्काल कालापानी,लिपुलेक,लिम्पियाधुरा सहित अतिक्रमित भुमि समाबेश गरी सरकारले नया नक्सा जारी गर्न सम्पुर्ण देशभक्त जनताहरुले ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दवाव दिनु पर्ने आग्रह गरेका थिए ।
कार्यक्रम कञ्चनको गरगरे,हरैया र गजेडीमा कोण सभा गरी अभियान टोली बुटवल हुदै गुल्मी पाल्पा लगायतका जिल्लाहरुमा प्रस्थान गरेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओबादी)का स्थानिय नेता शेर बहादुर रानाले जानकारी दिएका छन ।