उदय निरौला
परिवर्तनको संङ्घारमा उभिएर
मान्छेहरू थोत्रो छाता ओडिरहन मनपराँउदा रहेनछन्
सायदै यो नैसर्गिक स्वभाव हुनुपर्छ मान्छेको
नयाँ छाता खोज्छन् मान्छेहरू
बजारमा।
खर्च गर्छन् नयाँकोलागि उर्जा र पैसा।
पुरानो कोट लाईरहन मान्छेहरू रुचाउँदैन रहेछन्
बजारमा नयाँ कोट सिलाइरहेको देखिन्छ ।
पुरानो जिर्ण पुस्तक हातमा नसुहाएको बिचार गर्छन् मान्छेहरू
त्यसैले पुराणहरू पढ्न कोही रहर गर्दैन
सिद्धान्त सुगाले जस्तो रटिरहँदो रहेनछन् मान्छेहरू
बजारमा नयाँ अर्थशास्त्र खोजेको देखिन्छ ।
केही कुरा नयाँ भइरहनै पर्छ मान्छेलाई
नयाँ घामको रहर गर्छन् मान्छेहरू
त्यो घाम पनि आइदिन्छ
मध्यान्ह नाघेपछि अवाक हुन्छन् त्यो घामसँग
र पुनःनयाँ घामको प्रतीक्षा गर्छन् मान्छेहरू
त्यो घाम झर्ने बित्तिकै धेरै खुशी साटासाट गर्छन् मानिसहरू
बिहानै जाडोमा रमाउँछन्
आखिर घामहो चैतबैशाखमा बौलाहा बन्छन् मान्छेहरू र
अवाक हुन्छन् त्यो घामसँग
अनि पुन नयाँ घामको प्रतिक्षामा श्वर मिलाउँछन्
यसरी पो सिद्धान्तहरू थोत्रिँदा रहेछन्
र मानिसहरू परिवर्तनको झिस्मिसे सँङ्घारमा
उभिएर अर्को अर्को र अर्को बिहानको प्रतीक्षा गर्दारहेछन्
सायद यो मानिसको नैसर्गिक स्वभाव नै हो
सुवाद फेरिरहने
बजार फेरिरहने
र घाँम पनि फेर्नै चाँहने
वास्तवमा म पनि ऐले मानिसहरूसँग
परिवर्तन कै सङ्घारमा उभिएर